आईतवार, भाद्र २३, २०८१
/
कीन हुन्छ तस्करी ? जिम्मेवार को ? सुरक्षाक्रर्मी, भन्सारकर्मी या तस्कर ?
२ असार २०८१
  हेमन्त माण्डव्य
आजभोली तस्करीका थुप्रै काण्डहरु भएको हामीले सुनिरहेका हुन्छौं । तर ति तस्करीमा संलग्न कसैलाईपनि हदैसम्मको कारवाही भएको भने पाइदैन र सुनिदैन पनि । कार्वाही पनि कसलाइ गर्ने ? सुरक्षाकर्मीले जहीले जसो पक्राउ गरीएको सरसमान लावारीस नै भनेर सम्वन्धित निकायमा बुझाउने गरेको पाइन्छ ? 
आखीर किन हुन्छ त तस्करी ? सिमा नाकामा भन्सार छदैछ, सुरक्षाकर्मी परिचालन गरीएकै छन् । किन समातीदैनन् तस्करहरु ? यसको जिम्मेवारी कसले लीने ? आज आम नागरीकहरुले यस्ता किसीमका सवालहरु गर्ने गरेको पाइन्छ । 
कैलाली जिल्लाका चौकुर्दी, खक्रौला, कालाकुण्टा, कुसुमघाट, कौवाखेडा, लालबोझी, कैलारी, धनगढी लगायतका सिमावर्ती क्षेत्रहरु अवैध रुपमा बढी तस्करी हुने ठाउँहरुमा पर्दछन् । यिनै ठाउँहरुमा भन्सार देखी प्रहरीको सुरक्षा बाक्लै देखीन्छ । तरपनि तस्करी रोकीदैन ? 
यदि सम्वन्धित निकायले आफ्नो जिम्मेवारी पुर्ण रुपमा निर्वाह गर्ने हो भने सिमावती क्षेत्रबाट कुनै तस्करी हुनै सक्दैन । कैलालीको टीकापुर, भजनी, जोशीपुर लगायतका ठाउँहरुमा प्रहरीले भारतीय व्यापारीहरुबाट रकम असुली गर्ने गरेको पाइन्छ, किनकी यो क्षेत्रमा भारतीय व्यापारीहरुले बिना लाइसेन्स सवारीसाधनहरु मनमर्जी चलाइ रहेका छन् । ट्राफीक प्रहरीले स्थानिय व्यक्तिहरुलाई हेलमेट, ब्लुबुक आदीको सामान्य कमजोरीको नाममा ठाउँको ठाउँ जरीवाना गरेको पाइन्छ । तर ति तमाम भारतीय नागरीकहरुले दिनदहाडै मोटरसाइकलमा कुण्टलका कुण्टल सरसमानहरु तस्करी गरीरहँदा प्रहरी मौन देखीन्छ ? आखीर किन ?
तर कहीलेकाही प्रहरीले पक्राउको नाममा तस्कर बिनाको सरसमानहरु बरामद गर्ने गरेको पाइन्छ । यसै सन्द्रभमा प्रहरीले धनगढी उप–महानगरपालिका वडा नं २ को ट्राफिक चौराहा, धनगढी गाँउ, कम्पनी टोल, बिरेघाट र भजनी नगरपालिका वडा नं ३ ठेकी पुलबाट भारतीय बजारहरुदेखी भन्सार छली गरेर ल्याएको ८२ हजार ४५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ । 
त्यस्तै लम्कीचुहा नगरपालिका वडा नं २ मोतिपुरबाट अवैध रुपमा ल्याउदै गरेको करीव ५७ हजार २९० मूल्य  बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरीएको समानमा भारतिय बिडी, सुर्ती, आन्टी, पास्ता लगायतका सामानहरु रहेको वताइइएको छ ।
समय समयको अन्तरालमा प्रहरीले तस्कर बिनाको सरसमान बरामद गरेतापनि तस्करहरु भने कहीलेपनि पक्राउ नपर्नुले स्थानियहरुमा संका उत्पन्न हुनु स्वभावीकै हो । प्रहरीले जनताहरुमा आफ्नो विस्वासी छाप छोडनकालागी भने अवैध सरसमानका साथमा तस्करहरुलाई समेत पक्राउगरी सक्त कार्वाही गर्न सक्नु पर्दछ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल