शुक्रबार, कार्तिक २, २०८१
/
अथर्ववेद पाठ पारायण महायज्ञ तथा वेदोपनिषद प्रवचन कार्यक्रमको उद्घाटन
२ कार्तिक २०८१
  हेमलम्व माण्डव्य
कैलाली जिल्लाको टीकापुरमा अथर्ववेद पाठ पारायण महायज्ञ तथा वेदोपनिषद प्रवचन कार्यक्रम उद्घाटन गरिएको छ ! 
टीकापुर स्थित श्री मल्लिका विद्यापीठ गुरुकुल तथा नेपाल आर्य समाज जिल्ला सभा टीकापुरको आयोजनामा वैद्धिक महायज्ञ हुगइरहेको हो ।
श्री मल्लिका विद्यापीठ गुरुकुलको प्राङ्गनमा हुन गइरहेको महायज्ञ कार्यक्रमलाई भागवत प्रवक्ता श्री गोकर्ण प्रसाद बजगाईले प्रमुख अतिथीको हैसियमा समुद्घाटन गरेका थिए भने आचार्य टीकाराम आर्य जैमनी तथा श्रीमद्दयानन्द कन्या गुरुकुल महाविद्ध्यालय अमरोहा भारतकी ब्रह्मचारीणी स्नातिका श्री वन्दना आर्या न्यौपानेको ब्रहमत्वमा कार्यक्रम सञ्चालन गरिएको छ ।
संजय राज भण्डारीको अध्यक्षतामा भएको उक्त महायज्ञ उद्घाटन कार्यक्रममा रतन राज तिमिल्सैना, काँसीराम खनाल, पुर्ण प्रसाद रेग्मी, अगुवा अनलाईनका सम्पादक हेमराज माण्डव्य, चन्द्रावती सर्मा, गोरख प्रसाद ओझा, उदयराम अधिकारी, रंगनाथ रेग्मी, गणेश प्रसाद उपाध्याय, यूराज आर्य, शिद्धराज ओझा, खेमा आर्य, हटलाईन दैनिकका शेर बहादुर विष्ट लगायत अतिथीको रुपमा रहेका थिए ।
महायज्ञ कार्यक्रम आगामी ८ गते सम्पन्न गरिने आयोजकको तर्फबाट जनाइएको छ ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल