शुक्रबार, कार्तिक २, २०८१
/
निरंकारी मिसनको ७७औं समागमकालागी सेवाको औपचारिक उद्घाटन्
२ कार्तिक २०८१
  अगुवा समाचार
अगुवा समाचार टीकापुर, कैलाली
अहिन्सावादी संस्थाको रुपमा अगाडी बढीरहेको निरंकारी मिसनले आफ्नो ७७ अन्तराष्ट्रिय बार्षिक सन्तसमागमको कार्यलाई अगाडी बढाउदै सेवाको कार्यलाई औपचारीक रुपमा उद्घाटन गरेको छ ।
निरंकारी मिसनका मुम्वै मिडीया सहायक प्रविण छाब्राले समालखाबाट अगुवा सन्देशलाई दिएको जानकारी अनुसार समागम सेवाको शुभ अवसरमा उद्घाटन पश्चात आयोजित विशाल सत्संग समारोहलार्ई सम्बोधन गर्दै सतगुरु माता सुदिक्षा जीले सेवा गर्दा सेवालाई विभेदको दृष्टिले नहेरेर सधैं निस्वार्थ रुपमा सेवागर्नुपर्ने बताएकी छन् । उनले, यो सेवा निःस्वार्थ रूपमा गर्नुपर्छ, सेवा तब मात्र वरदान साबित हुन्छ जब यसमा किन र कसरी भन्ने कुनै सवाल र प्रतिउत्तर हुदैन । समागमको समयमा कुनै समय सीमा हुँदैन र समागमको अन्त्यसम्म मात्र होइन, अर्को समागमसम्म पनि त्यही सेवाको भावना बरकरार रहनुपर्छ । यो निरन्तर प्रक्रिया हो । हामीले सधैं सेवाको भावनाका साथ निस्वार्थ रुपमा सेवा गर्नुपर्छ । शारीरिक रूपमा अशक्त वा असक्षम भएकाहरुले पनि भावनात्मक रुपमा कृयाशिल रहदा, सेवा सिद्ध हुन्छ, किनभने उहाँ सेवाभावले भरिपूर्ण हुनुहुन्छ ।
त्यस्तैगरी सुदिक्षा जी महाराजले निरंकारी सन्त समागम एउटा यस्तो दिव्य पर्व हो जसलाई हरेक भक्तजन तथा श्रद्धालुहरुले वर्षभरी नै प्रतिक्षा गरीरेहेका हुन्छन्, जहाँ मानवताको भावना, प्रेम, करुणा, विश्वास र समर्पण असीम रूपमा व्यक्त गर्न सकिन्छ । यसले जीवनलाई सुन्दर बनाउँछ र परमेश्वरको ज्ञानको लागि आधार प्रदान गर्दछ । मानवताको यस पर्वमा सबै धर्म प्रेमीहरुकेलाई स्वागत छ भन्दै सम्पुर्ण भक्तजन तथा श्रद्धालुहरुलाई समागममा भागलीन आवहान गर्नुभएको   थियो ।
त्यस्तै किसीमले उक्त कार्यक्रमा उपस्थित बरीष्ठ सन्त–महात्माहरुले यो संसारमा विभिन्न किसिमका मानिसहरु बस्दन् । भाषा, भेषभूषा, खानपिन, जात, धर्म, संस्कृति आदि विभिन्न छन् । तर धेरै भिन्नतासंग हामी बाँचेपनि, हामी सबैमा एउटै कुरा समान छ कि हामी सबै मानव हौं । हाम्रो जुनसुकै रंग, पहिरन, देश होस् वा खाना भएतापनि सबैको नशामा एउटै रगत बग्छ र सबैले एउटै सास फेर्दछन् । सबै मानिसहरु एउटै भगवानका सन्तान हुन् भन्ने आफ्ना सुमधुर भावनाहरुलाई व्यक्त गरेका थिए । 
७७औ सन्तसमागमलाई लक्षित गरेर ‘सारा संसार, एक परिवार’ भन्ने मुल नाराबाट विभिन्न भाषा र शैलीमा सन्देश व्यक्त गरिएको छ । सन्त निरंकारी मिशनले पछिल्लो लगभग ९५ वर्षदेखि यो सन्देश दिँदै आएको छ । बिभिन्न देश तथा ठाउँहरुमा नियमित रूपमा सत्संग र संत(समागमहरूको आयोजना गरेर    यो सन्देशलाई उजगार सहित प्रस्तुत् गरीएको छ । 
यस वर्ष पनि १६, १७ र १८ नोभेम्बर २०२४ अर्थात मंसीर १, २ र ३ २०८१ मा मिशनका लाखौं भक्तहरूले अध्यात्म स्थल समलखा, हरियाणा भारतमा आयोजना हुने ७७औँ वार्षिक निरंकारी सन्त समागममा पुगेर मानवताको महाकुम्भको दर्शन गर्नेछन् । भारत, नेपाल र अन्य देशहरुबाट भक्तजन तथा श्रद्धालुहरूको लाखौं रुपमा उपस्थिती रहने जनाइएको छ भने उक्त समागममा सतगुरु माता सुदीक्षा ज्यु महाराज र सत्कार्ययोग निरंकारी राजपिता रमित ज्युको पवित्र दर्शन गरेर आफुलाई धन्य महसुस गर्नेछन । साथसाथै सन्तसमागमको उपदेशले मनको प्रकासलाई उज्यालो बनाउने वताइएको छ  ।
यस सन्तसमागमका लागि जग्गालाई व्यवस्थित गर्ने कार्य गत आइतबारबाट सुरु गरीएको छ । हरेक वर्ष झैँ यस बर्षपनि अक्टोबर ६ मा सतगुरु माता सुदीक्षा ज्यु महाराज र निरंकारी राजपिता ज्युको करकमलबाट शुभारम्भ गरीएको थियो । सो अवसरमा मिसनका केन्द्रीय कार्यसमितिका सम्पूर्ण सदस्यहरु सेवादलका पदाधिकारीहरू र सत्संगका अन्य हजारौं अनुयायीहरू उपस्थित रहेका थिए ।
स्मरण रहोस ६०० एकडमा जमीनमा फैलिएको यस विशाल समागममा लाखौं सन्तहरूको लागि बस्न, खाना, स्वास्थ्य र यातायातको निशुल्क सुविधा रहनेछ । यसका साथसाथै अन्य धेरै किसिमका ब्यवस्थाहरु रहनेछन् । जसका लागि पूरै महिना भारत नेपाल लगायत अन्य देशहरुबाट भक्तजनहरू आएर निस्वार्थ रुपमा सेवा गर्नेछन् । यस पवित्र साधु भेलामा सन्त तथा सेवादार महात्माले आफ्ना प्रियजनहरूसँग सामेल भएर एकताको यो दिव्य रूपको आनन्द लिनेछन् । यस वर्षको सम्मेलनको नारा ‘विस्तार, असीमित तर्फ’ रहेको आयोजकका तर्फबाट जनाइएको छ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल