शुक्रबार, कार्तिक २, २०८१
/
कोरोनापछि चीनबाट फेरि फैलिरहेको छ अर्को एक भाइरस
१ अक्टोम्बर, १५ आश्विन, २०७७
  पूर्ण कुमाल
         कोरोना भाइरसपछि चीनबाट फेरि अर्को एक भाइरस भारतमा फैलिन सक्छ भनेर इण्डियन काउंसिल अफ मेडिकल रिसर्च (ICMR)  ले जनाएको छ । आफ्नो रिर्पोटमा आईसिएमआरले भनेको छ, ‘कोभिड–१९ भाइरस जस्तै अर्को भाइरस चीनको सबै ठाउँमा फैलिने सम्भावना प्रवल रहेको छ । यसको नाम कैट क्यू भाइरस (CQV) रहेको छ र अहिले यो चीनमा तिब्ररुपमा फैलिरहेको छ । जसको कारण यस भाइरसले भारतको पनि चिन्ता बढाएको छ ।’ आईसिएमआरले सबैलाई यसबाट सावधानी रहन एक चेतावनी पनि जारी गरिसकेको छ ।
        के हो क्यू भाइरस ? ः यो भाइरस अर्थोपोड जनित विषाणुको श्रेणीमा आउने गर्दछ । यो सुँगुर र क्यूलेक्स लामखुट्टेमा पाईन्छ । अहिले चाहि यो भाइरस चीन र भियतनाममा धेरै भेटिएको छ । आईसिएमआरको भनाई रहेको छ–  भारतको स्थितिको हिसाबबाट यो भाइरस यहाँ सजिलैसंग फैलिन सक्छ, कैट क्यू भाइरसका कारण शरीरमा तिब्ररुपमा संक्रमण फैलिने गर्छ र जसको कारण उच्च ज्वरो र मस्तिष्कको ज्वारो पनि आउन सक्छ ।
आईसिएमआरले आफ्नो रिसर्चमा पतालगाएको छकि क्यूलेक्स लामखुट्टे जस्तो प्रजाति भारतमा पनि फैलिरहेको छ । वैज्ञानिकहरुले यस भाइरसको प्रतिकृतिलाई जान्नको लागि एक अध्यायन गरेको छ । मोलिक्यूलर र सेरोलोजिकल जाँचको लागि वैज्ञानिकहरुले मानव, लामखुट्टेको तीन प्रजाति र सुँगुरबाट लिएको सेम्पलबाट जाँच गरेका छन् ।
             रिसर्चमा वैज्ञानिकहरुले मानवमा क्यूलेक्स लामखुट्टेको सक्रिय संक्रमण भने भेटाएका छ्रैनन् । ८८३ मानव सीरम सेम्पलमध्ये दुई मान्छेहरुमा भाइरसको विरुद्ध एन्टिबोडी भेटिएको छ । यसबाट थाह हुन्छ कि यी दुबै कैट भाइरसबाट संक्रमित भइसकेका थिए । सेम्पल टेस्टमा वैज्ञानिकहरुले एडीज एजिप्टी लामखुट्टे सहित तीन प्रजातिहरुमा यो भाइरस भेटाएका छन् ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल