शुक्रबार, कार्तिक २, २०८१
/
अक्टुम्बरबाट खोलिने छन् स्कूल, सिनेमा हल, रेष्टुरेन्ट र बार
१ अक्टुम्बर, १५ आश्विन २०७७
  पूर्ण कुमाल
      कोराना भाइरस तिब्ररुपमा फैलिरहेको कारण स्कूल–क्याम्पस खोल्ने विषयलाई लिएर अहिलेपनि डर–त्रासको स्थिति यथावत रहेको छ । तर भारत सरकारले भने नयाँ S0P का साथ स्कूललाई खोल्ने निर्णय गरेको छ । केन्द्र सरकारले यसको फैसला राज्य सरकारमाथि छोडेको छ । केहि राज्य सरकार स्कूल खोल्ने पक्षमा छनभने केही कोभिड–१९ अझै तिब्र रुपमा फैलिरहेको देखेर स्कूल खोल्नु विषयमा आनाकानी गरिरहेका छन् । एउटा सर्वेमा ७१ प्रतिशत अभिभावक पनि आफ्ना बालबालिकाहरुलाई अहिलेको अवस्था देखेर स्कूल पठाउने पक्षमा देखिदैनन् ।
    अनलक–४ मा २१ सेप्टेम्बरदेखि भारतका केहि राज्यमा आंशिक रुपबाट स्कूलहरु खोलिसकेका छन् तर अहिले पनि धेरैजसो राज्यमा स्कूलहरु बन्द रहेका छन् । अहिले आशा गरिएको छकि अनलक–५ मा केन्द्र सरकारले केहि यस्तो गाइडलाईनको निर्माण गर्ने छ जसबाट स्कूलहरुलाई सजिलैसंग खोल्न सकियोस । भारतमा स्कूल–क्याम्प ६ महिनादेखि बन्द रहेका छन् ।
    उता अनलक–५ को गाइडलाईनमा भनिएको छ– कोरोना प्रभावित क्षेत्रलाई छोडेर सबै ठाउँमा सिनेमा हल, मल्टीप्लेक्स, थिएटर १५ अक्टुम्बरबाट खोलिने छन् । तर यसमा ५० प्रतिशत मान्छेहरुले मात्र प्रवेश गर्न पाउने छन् । यसमा आधा सीट खाली राखिने छन् । त्यस्तै भारत सरकारको गृह मन्त्रालयले भनेको छकि एक बन्द स्थानमा हलको क्षमताको ५० प्रतिशत मात्र प्रयोग गर्न पाईने छ, जसमा अधिकत्तम २०० मान्छेहरुभन्दा धेरैको उपस्थित हुन पाइने छैन । यस्ता ठाउँहरुमा फेस मास्क, सामाजिक दूरी, थर्मल स्क्रेनिङको व्यवस्था र सेनिटाइजर र हात धुने व्यवस्था गर्नुपर्ने जरुरी रहेको छ । खेलाडीको ट्रेनिङको लागि स्वीमिङ पूल र मनोरञ्जन पार्क पनि खोलिने भएको छ ।
    यता अनलक–५ को नियमको बीच महाराष्ट्र सरकारले भने ३१ अक्टुम्बरसम्म राज्यमा लकडाउनलाई अगाडि बढाइएको भएपनि अक्टुम्बर ५ देखि होटल, फूड कोर्ट, रेष्टुरेन्ट, बारलाई ५० प्रतिशत क्षमताका साथ खोल्ने अनुमति दिएको छ । त्यस्तै मुम्बईका प्रख्यात डब्बावालालाई पनि मुम्बईको लोकल ट्रेनमा क्यूआर कोडको साथ यात्रा गर्ने अनुमति प्रदान गरेको छ ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल