शुक्रबार, कार्तिक २, २०८१
/
कुखुराले कुखुरीकाँ गर्दा प्रहरीमा उजुरी
१२ माघ २०७९
  अगुवा समाचार
गाउघर या शहरबजार जुनसुकै ठाउँहरुमा मानिसहरुले कुखुरा पाल्ने गरेको पाइन्छ । भाले कुखुराले बिहानी रात्रिकालिन समयमा कखुरीकाँ भन्ने शब्दले बास्ने गर्दछ र मानिसहरु अव बिहानीको समय हुनथाल्यो भन्ने बुझ्दै बिस्तराबाट उठ्दै दैनिकि तिर लाग्ने गर्दछन् ।
तर कुखुराको उक्त आवाज सबैलाई मनपर्छ भन्ने छैन, कसैलाई मन नपर्नपनि सक्छ, आवाज न हो कसैलाई कुखुराको आवाजबाट दिमागी एलर्जी हुनसक्छ ?
यसै सन्दर्भमा मित्रराष्ट्र भारतमा कुखुराको आवाजकै कारण प्रहरीमा उजुरीनै परेको स्रोतद्वारा जानकारी प्राप्त भएकोछ । भारतको मध्यप्रदेश राज्यमा एकजना व्यक्तिले छिमेकीको कुखुरा जोडदार रुपमा कुखुरी काँ गरेर बास्दा होहल्ला भएर आफूलाई दिक्क भएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकाछन् ।
उजुरी गर्ने व्यक्ति पेसाले चिकित्सक रहेका र ती व्यक्तिलाई छिमेकीको कुखुराको आवाजले निकै बेचैनि बनाएर दिक्क लगाएको वताइएको छ । त्यसकारण उनले छिमेकीको कुखुराको आवाज बन्द गराउन माग गर्दै प्रहरीमा उजुरी सहितको निवेदन दिएको स्रोतले जनाएको छ । स्थानिय पलासिया प्रहरी कार्यालयमा अनौठो निवेदन प्राप्त भएपछि प्रहरीले दुवै पक्षसँग छलफल गरेर समस्या सुल्झाउने र यदि त्यसो गर्दा पनि समस्या समाधान नभएमा कानुनी प्रक्रिया अगाडि बढाइने वताइएको छ ।
स्थानीय पलासिया प्रहरी कार्यालय प्रमुखका अनुसार छिमेकीको कुखुरा विरुद्ध उजुरी दिने चिकित्सकको नाम आलोक मोदी रहेको जनाइएको छ । उनले आफु पलासिया क्षेत्रको ग्रेटर कैलाश अस्पताल नजिकै बस्ने गरेको वताएकाछन्  ।
उनको उजुरी सहितको निवेदनमा उल्लेख गरे अनुसार छिमेकी एक महिलाले आफ्नो घरमा बथान कुखुरा पालेको र हरेक बिहान उनको कुखुराहरुले चर्को आवाजमा चिच्याउने गर्दा उक्त आवाजले आफू र आफ्नो दैनिकीलाई धेरै नै बाधा पारेको कुरा व्यक्त गरेका छन् ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल