शुक्रबार, कार्तिक २, २०८१
/
संसारकै ठूलो भ्यागुता मारीयो
२० माघ २०७९
  अगुवा समाचार
हामीले भ्यागुत्ता देखीरहेको प्रजाती हो, भ्यागुत्ताको तौल कतीहुन्छ होला ? भन्दा हामी सजिलैसंग उत्तर दिनसक्छौं २००, ३०० या ४०० ग्राम तर अष्टूेलियाको एक पार्कमा संसारकै सबैभन्दा ठूलो भ्यागुता भेटीएकोे छ ।
   Toadzilla नाम दिइएको उक्त भ्यागुताको वजन एक नवजात बच्चा बराबर छ । तर दुखको कुरा, पर्यावरणमा पर्नसक्ने खतरालाई मध्यनजर गर्दै उक्त भ्यागुतालाई मारिएको छ ।
    अष्ट्रेलियाको क्विन्सल्याण्डमा फेला परेको सो केन टोड भ्यागुताको वैज्ञानिक नाम राइनेला म्यारिना हो । उक्त भ्यागुताको तौल २ किलो ७ सय ग्राम थियो । भ्यागुतो यति ठूलो थियो कि त्यसको नाम नै टोडजिल्ला राखियो । सो भ्यागुता (टोड) उक्त प्रजातिको सबैभन्दा ठूलो भ्यागुता भएको बताइएको छ ।
    कोनवे राष्ट्रिय निकुञ्जमा जनवरी १९ मा एकजना वन कर्मचारीले सो विशालकाय भ्यागुता देखिन् । उनले एक ट्वीट मार्फत् आफुले वयस्क कुखुरा वा मानिसको नवजात शिशुको जत्तिकै वजन भएको भ्यागुतो फेला पारेको बताएकी हुन् ।
    उनका अनुसार त्यो पोथी भ्यागुता हो । पोथी केन टोड भ्यागुता भालेको तुलनामा ठूलो आकारको हुन्छ । यो प्रजातिको भ्यागुताको आयू १५ वर्षसम्म हुन्छ । तरपनि दुनियाकै ठूलो त्यस भ्यागुताको आयू कति थियो भन्ने चाहीँ खुलाइएको छैन् ।
    गिनिज वल्र्ड रेकर्डस्का अनुसार हालसम्मको सबैभन्दा ठूलो भ्यागुता केन टोड सन् १९९१ मा अष्ट्रेलियामा फेला परेको थियो । उक्त भ्यागुताको तौल २ केजी ६५० ग्राम थियो । अष्ट्रेलियामै फेला परेको टोडजिल्लाले उक्त भ्यागुताको रेकर्ड तोडेको छ ।
    पोथी केन टोड भ्यागुताले एक सिजनमा करिब ३० हजार अण्डा पार्दछ । यो भ्यागुता निकै विषालु हुनेभएकाले यसको विषाक्तपनले अन्य जीवहरुमाथि खतरा पैदा गर्ने र लोप हुने खतरा भएकाले त्यसलाई मारिएको बताइएको छ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल