शुक्रबार, कार्तिक २, २०८१
/
कवीता ः— “यो दसा”
२१ माघ २०८०
  माण्डव्य हेमन्त
यो दसा भन्ने नि कस्तो दसा ?
बेला नकुबेला ख्यालै नगर्ने ?
नसोध्ने नपुछ्ने, न हुंकार डुंकार गर्ने
यो दसा नी कस्तो दसा ?
सोधेर आउने होइन, 
बिचार गरेर जगाउने होइन, 
जतिबेला मनलाग्यो आएको छ,
खाएको छ, अनायासै बर्वाद पारेको छ,
मनका चाहानाहरुलाई उदाण्ड बनाएको छ,
भएभरका सपनाहरुलाई बिक्षिप्त पार्दै, 
अनमोल जिन्दगीलाई निरासय बनाउदै 
अभिसाप जस्तै बनाएको छ !
यो दसा नि कस्तो दसा ?
बाल भन्दैन, बच्चा भन्दैन,
युवा न भन्छ, न प्रौढ र बृद्ध,
कसैलाई छोडदैन,
जतिबेला नी, जहाँ नि,
यो ठाउँ र त्यो ठाउँ नी नभनी,
जस्तोसुकै अवस्थामापनी
बिरामी भन्दैन, असाहय भन्दैन,
गरिव अनी धनी समेत मान्दैन !
यो दसा नि कस्तो दसा ?
परिवार भन्दैन
छिमेकि अनी समाज भन्दैन
सबैलाई एक देख्ने यो दसा
अकास्मत निस्कलंकीतमा देखिने !
बाुबु, छोरामा नि ! आमा, भाई, बैनी
अनी नातागोतामा पनि 
अनायासै, समयको ठेगान नभएर देखिने !!
यो दसा नि कस्तो दसा ?
बर्वाद पार्छ, सखाप पार्छ,
जति कमाएको भएनी धनसम्पत्ती !
काम लाग्दैन त्यो जिवनभरी,
आर्जन गरेको सम्पत्ती !!
काम लाग्दैन पुर्ख्यौली कुरा, 
भागलाग्दैन अंशबण्डामा पनी,
त्यसैले गरौं
सात्विक भोजन, 
आवश्यक परिश्रम, 
अनी मीठो बोली, 
रति नगरी ठगी ! 
अहंकार, घमण्ड, व्यभिचार, लोभ र मोहलाई
परित्याग गरी 
लागि सत्कर्ममा गरे विस्वास
यो दसा भन्ने आउन्न है बारम्बार हाम्रो अघी अघी !!
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल