शुक्रबार, कार्तिक २, २०८१
/
भँगेरा हाम्रो साथी हो, यसलाई बचाऔं
२१ आश्विन २०७९
  हेमन्तराज माण्डव्य
भँगेरा भन्ने वित्तीकै हामी सजिलै भन्न सक्दछौ की हाम्रो घरको वरीपरी गुड बनाएर बस्ने एउटा सानो चिरचिर, चिउचिउ र चिचिको ध्वनीलाइ उजगार गरेर घरआँगनलाई संगीतमय पार्ने चरा हो भनेर । यसलाई जती भगाएपनि जती धपाएपनि हाम्रै घरको दैलोमा नै आफ्नो गुड बनाएर बस्ने चरा हो घरभँगेर । यही सवभाव र चरीत्र भएको चरा घरभँगेरा हो । यसको वैज्ञानिक नामःएबककभचष्मबभ हो भने यस चरालाई बिभिन्न ठाउँहरुमा आ–आफ्नै नामले चिनिने गरीन्छ जस अनुसार हिन्दी भाषामा यसलाई गोरैया अछामी भाषामा “गुएणा र थारु भाषामा यसलाई चीरैया भन्ने गरीन्छ । बैज्ञानीकहरुका अनुसार हालसम्म भँगेराको ४३ प्रजाती पत्तालागी सकेको वताइन्छ । 
जो आजको समयमा दिनप्रतिदिन लोप हुदै गइरहेको अवस्था छ । त्यसैले यसको संरक्षण गर्न अतिआवश्यक छ र हाम्रो दायित्वपनि हो । आऔं त्यहि घरको दैलोमाथी आफ्नो गुड बनाएर बस्ने घरभँगेर चराको बारेमा केही जान्ने प्रयत्न गरौं ।
घरभँगेरा हेर्दाखेरी एकदम राम्रो र शुन्दर, सानो र एकदम आर्कषक हुने गर्दछ । भँगेरा प्रजातीको चराहरु विश्वको अन्टार्कटीका बाहेक प्राय सबै ठाउँहरुमा पाइने गर्दछन् । तर हामीले यहाँ चर्चा गर्न लागीएको भने घरमा गुड बनाएर बस्ने घरभँगेरा चराको रहेको छ । प्रजनन्कालागी यौनसम्पर्ककोे सवालमा माहीर मानिएको यो चराले एक प्रजनन्कोबेला करीव १०० औं पटक भन्दा माथी भालेपोथीले एकआपसमा आननदपुर्वक यौनसम्पर्क गर्ने गर्दछन् । सो समयमा यिनिहरुले आफ्नो बंश विस्तारकालागी मानिसबस्ने घरको वरीपरी जहाँ ठाउँ पायो त्यही गुड(घोषला) बनाउने गर्दछन् । यसकार्यमा दुबै भालेपोथीहरुले समानरुपमा कार्य गर्दछन् । तत्पस्चात प्रजनन् अवस्तामा पोथी भँगेराले एक समयमा करीव २ देखी ४ अण्डा दिने गर्दछ तर कही कतै ६ अण्डा समेत दिने गरेको भेटीएकोपनि पाइन्छ । यसको अण्डा सेतोमा कालो मिक्स रंगमा हुने गर्दछ भने उक्त अण्डाबाट २० दिनपछि चल्ला निस्कने गर्दछन् । यो अवस्थामा चिचि र चुचुको आवाजले घरलाई रौनकतामा बदलीदिएको हुन्छ । यो चराको सरदर आयू भनेको ५ देखी ७ बर्षसम्ममात्र हुने गर्दछ । यसको तौल करीव ४० देखी ५० ग्राम सम्म हुने गर्दछ । भाले भँगेरको पिठ्यूको रंग कलेजीरातो तथा खरानी, आँखाको माथीपट्टी कालो रंग, छातीतर्फ सेतोमा कालोदाग र पोथी भँगेराको शरीरको रंग फिका कलेजीसंग खरानी जस्तो हुने गर्दछ । यसको मुख खैरो र कालो रंग र लम्वाई भने करीव १५ देखी १८ सेन्टीमीटरसम्मको हुन्छ । यस चराको दुई वटा स–साना प्वाँख हुने गर्दछन् । यिनिहरु समुहमा बस्ने गर्दछन् । भँगेरा आफ्ना स–साना प्वाँखको मद्धतले प्रति घण्टामा करीव २५ देखी ३० मिलको दुरी पछ्याउन सक्दछ । पोथी भँगेरा भन्दा भाले भँगेर धेरै आकर्षक र शुन्दर हुने गर्दछ ।
भँगेरा सर्वहारी चराको समुहमा दर्ज रहेको छ । यसले माँसहार र शाकाहार दुबैपथलाई अंगीकार गर्दछ । यसले अन्नहरुको दाना, हानीकारक किडाफट्याङ्ग्रा, फल आदीहरुलाई आफ्नो आहारा बनाउदछ । कहीलेकाही आफ्नो आहार खेज्न यसले धेरै टाढाको सफरपनि तय गर्ने गर्दछ । यस दौरान यसलाई कुकुर, बाज, बिरालो, सर्प, अन्य मांसाहारी चराआदीहरुले आफ्नो आहारा समेत बनाउने गर्दछन् । यो चरा आफ्नो जिन्दगीको प्राय समय मानीसहरुसंगै विताउने गर्दछ । तर यसले धेरैजसो शाकाहारी खाना नै मनपराउने गर्दछ भने पानि भएको ठाउँमा बस्न मनपराउदछ । धेरै चिसो र पहाडी क्षेत्रमा यसले बस्न रुचाउदैन । त्यहाँ धेरै कममात्रामा मात्रै देखीने गर्दछ ।
यो चरा प्राय हाम्रो घरवरीपरी घरसंगै रहेको रुखबिरुवाहरुमा समुहगत रुपमा बस्ने गर्दछ । यो चरापनि वातावरणीय हिसावमा इको–सिस्टमको एक अभिन्न अंग हो । यसले तपाइ हाम्रो घर वरीपरी नै आफ्नो गुड बनाएर बस्ने गर्दछ । भँगेर धेरैजसो समय मानिसहरुकै वरीपरी रहने गर्दछ । नेपालमा यो चरा गाउँघरमा अधीकतम देख्न पाइन्छ भने शहर बजारतिर कम देख्न पाइन्छ । यसलाई समुहमा रहन धेरै आनन्द आउदछ भने गुडपनि यसले ओलतरि पलतीर नै बनाउने गर्दछ । यो चरा जुनसुकै मौसमलाई सरल तरीकाले आफुलाई समायोजन गर्नसक्ने क्षमता राख्दछ ।
यस्तो अवस्था र परिवेशको यो शुन्दर इ–को स्टिमको सम्वाहक चरा आज लोप हुने अवस्थामा रहेको छ । यसका अनेकौ जाती र प्रजाती भएतापनि जुन हाम्रो घरआँगनमा हामीसंगै बस्ने गरेको भँगेरा प्रजाती आज लोप किन हुन गइरहेको छ ? यसको सवालमा हामीले समयमा नै सोच बिचार गर्न सकेनौं भने यो हाम्रै जिवनकालमा बिलुप्त भएर जाने छ भने यसको असर हामीलाई नै प्रत्यक्ष रुपमा पर्न जानेछ । इको–सिस्टमको एक सम्वाहक चरा डाइनोसर लोप भएजस्तै लोप भएर जानेछ र त्यसको असर हामी र हाम्रो सन्ततलिाई नै प्रत्यक्ष रुपमा पर्नेछ । 
यो चरा लोपोन्मुख हुनमा प्रमुख रुपमा हामी नै जिम्मेवार छौं, किनभने हामीले सर्वप्रथम यसको बासस्थान र आहारामाथी दिनप्रतिदिन धावा बोलीरहेका छौं । घरभँगेरा लोपहुदै जानुको प्रमुख कारण अनाधीकृत रुपमा शहरीकरण, हाम्रो घरआँगनमा रहेका बोटबिरुवाको अन्धाधुन्द कटानी, अन्नबाली र खेतहरुमा हानीकारक किटनासक औषधीहरुको प्रयोग, बदलीरहेको जलबायू परिवर्तन, बढीरहेको प्रदुषण, भाले भँगेराको टाउको खाएमा यौनदुर्बलता भएकाहरुको यौनशक्ति उच्चताका साथमा बढ्छ भन्ने लगायतका सामाजीक कुरीति जस्ता कारणहरु प्रमुख रहेकाछन् । 
जंगल बिनास र ग्रामीण भेगमा कच्चीघरहरु कमहुदै गएका कारणले पनि यसको संंख्यामा धेरै कमी आएको एक अध्यनले देखाएको छ । खेतहरुमा आफ्नो अन्नबाली बचाउनकालागी त्यसमा हालीने हानीकारक किटनासक औषधीले भँगेराहरु ठाएँको ठाउँ मृत्यूहुने गरेको पाइन्छ । अनाधीकृत रुपमा तानिएका बिजुलीका तारहरुका कारणपनि भँगेरहरुले आफ्नो ज्यान गुमाउनु परेको अवस्था छ ।
नेपालमा गरीएको हासम्मको एक अध्यनले घरमा बस्ने भँगेराको संख्या झरेर तिन अंकमा आएसकेको जनाएको छ । अध्यनका अनुसार करीव यो संख्या ६ देखी ७ सयको हाराहारीमा रहेको वताइन्छ । नेपालको तराई क्षेत्रमा गरीएको यो अध्यनले घरमा बस्ने भँगेरा करीव लोप नै हुने अवस्थामा रहेको देखीन्छ । यदि हामीले तत्काल यसको बारेमा संघन अध्यन र संरक्षण गर्ने प्रकृयातिर लागेनौं भने आगामी केही बर्षमा नै यो दुर्लृभ चरा लोप भएर जाने छ । यसको संरक्षणकालागी तपाइहामी अरुको भर नपरी आ–आफ्नै घरबाट अगाडी बढ्नुपर्छ, जुट्नुपर्छ र यस महान कार्यकालागी अग्रसर भएर कटीवद्ध रुपमा लाग्नु पर्दछ । सम्वन्धित सरोकारवालाहरुले मोलमोलाईमा भँगेरा संरक्षणका नाममा आएको बजेट दुरुपयोग नगरी हुबहु रुपमा कार्यनयनतिर लानुपर्दछ । 
भँगेरा एक प्रकृतीक रुपमा वातावरणको एक अभिन्न अंग भएकाले इको–सिस्टमलाई खलबलीन नदिन यसलाई बचाउन जरुरी र अपरिहार्य छ । यसलाई बचाउन हामीले आफ्नो घर आँगनमा सम्भव भएसम्म एउटा बगैचा या बोटबिरुवाहरु लगाउन जरुरी छ । समय समयमा आफ्नो घरआँगनमा आएका भँगेराहरुलाई अर्गानिक अन्नदान गर्नुपर्ने देखीन्छ । यिनिहरुलाई स्वच्छ पिउने पानिको व्यवस्था गरिदिनुपर्दछ । अनाधीकृत रुपमा गरीने किटनासक औषधीलाई डाक्टरको सललाबिना प्रयोग गर्न बन्द गरीनु पर्दछ । यतिकार्य हामीले हाम्रै घरबाट आफै शुरवात ग¥यौ भने अवश्यपनि केही हदसम्म हामी भँगेरालाई उसको बाँच्न पाउने अधीकारलाई सुनिश्चीत गर्न सक्दछौं र बिहानै चिरचिर, चिउचिउको संगीतमय सुमधुर आवाजलाई सदा झै सुन्न सक्ने छौं । 
स्मरण रहोस विश्वमा भगेरा बचाऔं अभीयान अन्तर्गत प्रत्येक बर्ष २० मार्चलाई भँगेरा दिवसका रुपमा पनि मनाईदै आएको छ ।
त्यसैले आऔं हामीपनि गाउँघरमा गुलेली, गुच्चा, पासो बाट भँगेरा मार्ने कार्य बन्द गरौं । भाले भँगेराको टाउको खाएमा यौन शक्ति बढ्छ भन्ने कुचलन र कुप्रथाबाट मुक्त बनौं र घरमा आएको भँगेरालाई सम्मान स्वरुप स्वागत गरौं र आफ्नो परिवारको अभिन्न अंगका रुपमा पारिवारिक सदस्य सरह उसलाई बस्न र खानदिने व्यवस्था आफु गरौ र अरुलाई पनि गर्न लगाऔंैं । अनिमात्र हामी यो लोप हुन लागेको शुन्दर चरा भँगेरालाई संरक्षण गर्न सक्दछौं र हाम्रो दायित्वको बोधपनि हुनेछ । 
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल