शुक्रबार, कार्तिक २, २०८१
/
दलित शब्द उत्पीडितकालागी घाडो भयो !!
२ बैशाख २०८०
  अगुवा समाचार
दलित शब्द उत्पीडितकालागी घाडो भयो !!

दलित शब्द अछुत र घृणित शब्द मान्छि । यो दलित शब्दले कुनै मानिस वा समुदायको मौलिक पहिचान बनाउन सक्दैन । दलित शब्द उत्पीडित वर्गको लागि अभिशापको विषय बनेको छ । यो शब्दलाई पुराना कथित रुढीवादी चलनका केही अन्धभक्तहरुले आफ्नो निजि स्वार्थपूर्ति गर्न मन पराएको होलान ! 
तर २१ औं शताब्दीका शिक्षित वर्गहरुले सोच्न सक्नुपर्दछ कि ! दलित शब्द अछुत र घृणित शब्द नै हो यो शब्दले हिन्दु समाजको बिखण्डन गरेको छ । हिन्दु धर्मलाई कुन्ठिन पारेको छ । नेपालका विभिन्न भागहरु तराई, पहाड, हिमालमा बस्ने हिन्दु धर्म मान्नेहरु खस आर्य नै हुन् । यी सबै वैदिक धर्म परम्परा मानीरहेका छन् । 
सम्पुर्ण खस–आर्य जातिको इतिहास एउटै छ । यीनीहरुले मान्ने धर्म, कर्म, विवाह, बर्तबन्धक्रिया, काजसंस्कार, संस्कृति आदि एउटै छन् । सृष्टिको उत्पति पछि सम्पुर्ण मानवजातिहरु ब्रह्माजीबाट नै उत्पन्न भएको हुनाले सारा मानव जाति ब्राह्मण नै थिए । विभिन्न कारणबस पछि आएर वर्ण भेद भएको देखिन्छ कुनै चार जात भन्ने थिएन ।
“नाचात्मा ब्राह्मण चात्र ः क्षत्रियो वैश्य एवंच ः
  न शुद्रो न चवैः मलेच्छो भेदिता गुया कर्मिभिः ।।”
वेद शास्त्रको रचना नुसार यस पदको अर्थ जन्म र जातिको आधारमा ब्राहमण, क्षेत्री, वैश्य, शुद्र र मलेच्छु छुटिएका होइन, पछि आएर मानिस कर्म र गुण–सीपको आधारमा छुटिएका हुन् भन्ने उल्लेख पाइन्छ । यो कुरा “वेदादिशास्त्र समाज कलियुग पेज नं. ११२” मा उल्लेखित छ । 
कालान्तरपछि मनुऋर्षिले मनुस्मृति पुस्तकमा ब्राह्माजीको चारवटा अंगबाट चार जातको उत्पति भएको हो भन्ने कुरा सतप्रतिशत बेदशास्त्रको विपरित लेखी दिए । मनुस्मृतिमा लेखेको ब्रह्माजीका मुख मस्तिक वा वेद पाठ गर्न जान्नेलाई ब्राह्मण, शक्ति प्रदर्शन गरी हैकम जमाउनेलाई क्षेत्री आय आर्जन गरी कमाउनेलाई बैश्य, केहीगर्न नजानेका शारीरिक श्रम गरी खानेहरुलाई शुद्र श्रेणीमा विभाजित गरी दिए । शुद्र दलित भन्ने कुनै जात होइन ।
मानव केही कालखण्डपछि समूहमा विभाजित भए । आ–आफ्नो समूहमा जन व्यक्ति अर्ति उपदेश राय सल्लाह दिनेलाई ब्राह्मण, दर्जा जुन व्यक्ति बलियो हस्टपुष्ट हैकम चलाउनेलाई क्षेत्रीको दर्जा, जुनव्यक्ति राज्यको आयआर्जन गरी खिलाउने पिलाउनेलाई वैश्य र जुन व्यक्ति केही गरी न सक्ने कमजोर मनोस्थिति भएका श्रम गरी खानेलाई शुद्र (आजका दलित) का दर्जामा विभाजित गरियो ।
शासक वर्गले मानव माथि चलाउने हैकम जमाउने र थिचोमिचो शासन सत्ता चलाउन सजिलो होला भनी जात विभाजन गरी जातिय विखण्डन छुवाछुत मानवीय कुप्रथा प्रचलनमा ल्याइएको हो भन्ने कुरा वेद शास्त्रको अध्ययनले प्रमाणित गर्दछ ।
हामीहरु बैदिक कालबाट पूर्खाले भोगेको सजाय आजको एक्काईसौं सताब्दीसम्म पनि दलितको नामले भोग्दै आइरहेको छौ र भौग्दै जाने स्थिती देखीन्छ ।
मनुस्मृतिको आधार लिएर नेपालमा जातिय विखण्डन वि.सं. १३९६ सालमा अंशुवर्माको शासनकाल, जयस्थिति मल्लको शासन र जंगबहादुर राणाको पालादेखि कडा रुपमा जातिय छुवाछुत प्रथा लागु भयो । त्यसताका शासकहरुले वेद पढ्न जान्ने कर्म काण्ड गर्नेहरुलाई ब्राह्मण, ताकतमा बलिया भै कमजोर वर्गमाथि हैकम जमाई शासन चलाउनेहरुलाई क्षेत्री कृषिकार्य गरी आयआर्जन गर्ने वर्गहरुलाई वैश्य र जुन वर्गहरुले देश, समाज, हरेक व्यक्तिलाई दैनिक रुपमा अति आवश्यक पर्ने हलो, कोदालो, कुटो, हँसिया, माटाका तामाका फलामका भाँडाकुडा गर–गहना लडाइ गर्न चाहिने तीर–तलवार, खुडा–खुकुरी आदि ओजार निर्माण गर्ने वर्गहरुलाई कामी । 
मानव शरीरको लाज ढाक्न घाम, पानी, जाडोबाट बच्नको लागि लुगा कपडा सिउने वर्गहरुलाई दर्जी (दमाई) यसै गरी खुट्टाको सुरक्षागर्न नभै नहुने छाला जुत्ताको काम गर्नेहरुलाई सार्की (चमार) राष्ट्रको गुण गान, प्राकृति साँस्कृति घटनाहरु सारंगी माँदलको तालमा कथा, व्यथा सहितको गुणगान गाउने मनोरञ्जनका लागि नाच्ने वर्गहरुलाई बादीको दर्जा दिएर अछुत पानी न चल्ने जातको संज्ञा दिँइयो । 
उनीहरुको श्रम शोषण गरी गाँस, बास, कपास शिक्षा, स्वास्थ्य, रोजगार आदि बाट बञ्चित गरी कुनै व्यवस्था न गराई दिँदा आजको २१ औँ सताब्दीसम्म आई पुग्दा पनि शोषित गरिबी अशिक्षितको खाल्डोमा धकेली रहेको पाइन्छ । तर दलित अछुत भनेर मानव जातिले अर्को मानवमाथि दमन शोषण गर्न छुटेको छैन ।
पूर्खाहरुले गरेको कामको आधारमा आज मानवले जे जति उच्च शिक्षा सिप, कला, ज्ञानका ज्ञाता भए पनि देशको कुनै निकाय जस्तै राजनैतिक, साँस्कृति सामाजिक आर्थिक आदि निकायहरुमा प्रवेश पाउन सकेका छैन । 
शिव बाबा भन्नु हुन्छ म आत्मा हुँ शरीर होइन । आत्मा अबिनासी हो, शरीर विनासी हो, गाउँ गाउँमा यौगिक जीवन, जीवन सिकाउ । आरोग्य हामी सबैको जन्म सिद्घ अधिकार हो । योग र आयुर्वेदबाट समग्र स्वास्थ प्रापत गर्न सकिन्छ । देशमा पाप, अन्याय, अत्याचार, भ्रष्टाचार, अधर्म, अपराध, असुरक्षा र अव्यवस्था बढ्यो भने क्रान्तिको जन्म हुन्छ । बलि प्रथा, जाति प्रथा, छुवाछुछ प्रथा, अपराध हुन । यीनैलाई त्यागेमा ईश्वरीय दर्शन प्राप्त हुन्छ । 
कर्म नै मनुष्यको सच्चा धर्म हो, कर्म नै पूजा हो । आफ्ना सन्तान छोराछोरीलाई धन सम्पति कमाएर दिनु भन्दा असल संस्कार दिएर जानु नै उत्तम हो । प्रत्येक नारीलाई ममतामयी आमा, पवित्र पत्नी, छोरी जस्ती प्यारी मान्नु नै मानव धर्म हो । धर्म भनेको मठमन्दिर, गुम्बा, चर्चमा बसेर राता, पहेला, सेता बस्त्र धारण गरेर खरानी घस्दै टिका चन्दन तीर्थ व्रत होम योग्य भजन कृतन गर्दै दिनरात तुल्क्षी, रुद्रराक्षको माला जपेर मात्र हुँदैन । 
धर्म भन्नाले मन, वचन कर्मले असाय, अपाङ्ग, असक्षम, भोका, नाङ्गा, शरीरिक, मानसिक, आदि रोगबाट ग्रस्थतहरु माथि दया, माया, सम्मान, गर्दै आफुले सकेसम्मको आर्थिक, शारिरिक, मानसिक सहयोग गर्नु नै सच्चा धर्म हुन्छ । (अगुवा सन्देशबाट)

तेज बहादुर त्रिरुवा
उपाध्यक्ष
नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठान, टीकापुर
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल