बुधबार, श्रावन २७, २०८३
/
उत्तराखण्डको बनलेकमा कार दुर्घटना , १ को मृत्यु ३ घाइते , २ नेपाली हुनसक्ने ?
२७ श्रावण २०८३ तदनुसार ११ अगस्त २०२६
  अगुवा समाचार
भारत उत्तराखण्डको खटीमाबाट पिथौरागढतर्फ गइरहेको UK05TA5045 नम्वरको गाडी बनलेक क्षेत्रमा लगभग १५० मिटर गहिरो खाडलमा खसेर दुर्घटनामा परेको छ । उत्तराखण्ड प्रहरीका अनुसार उक्त सवारी साधनमा ४ जना सवार थिए ।
​खबर प्राप्त हुनासाथ कोतवाली चम्पावत र SDRF को प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो । दुर्घटना स्थलमा गाडी खाडलमा खसेको अवस्थामा भेटिएको थियो । प्रहरीको टोलीले स्थानीय मानिसहरूको सहयोगमा तत्काल उद्धार कार्य सुरु गरेको थियो । प्रहरी जवानहरू र स्थानीय बासिन्दाहरूले खाडलमा ओर्लिएर सबै घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाले र तत्काल नै एम्बुलेन्स मार्फत जिल्ला अस्पताल चम्पावत पुर्‍याइएको थियो ।
​अस्पतालमा चिकित्सकहरूले चेकजाँचका क्रममा १ जनालाई मृत घोषित गरेका थिए । त्यसै गरि २ जना घाइतेहरूको जिल्ला अस्पतालमा चम्पावतमा उपचार भइरहेको छ भने १ जनालाई गम्भीर चोट लागेको कारण सुशीला तिवारी अस्पताल हल्द्वानीमा रिफर गरिएको थियो ।
स्मरण रहोस स्रोतका अनुसार उक्त दुर्घटना परि घाइते भएका मध्ये दुईजना नेपाली नागरिक हुनसक्ने वताइएको छ तर उनिहरुको वतन भने खुल्न सकेको छैन ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल