सदा झै यस वर्ष हिन्दु धर्मावलम्विहरुले श्रावण मासको सोमबारे व्रतलाई यो महिनाको अन्तिमा सोबार श्रावण २५ गते समापन गरेकाछन् ।
यस अवसरमा श्रावण महिनाभरी काठमाडौं स्थित पशुपती मन्दिर लगायत कैलालीको टीकापुर स्थित बजार क्षेत्रमा रहेको शिव मन्दिर तथा दक्षिण एशीयाकै दुर्लभ मानिएको टीकापुर नगरपालिका वडा नं ७ सत्ती बजार स्थित पदमप्रकाशेश्वर मन्दिरमा भक्तालुहरुको ठुलै भिड लाग्ने गरेको थियो । व्रतालुहरूले शिवालयमा रहेको शिवलिङ्गमा जल, दूध, बेलपत्र तथा विभिन्न पूजाका सामग्री चढाउँदै आफ्नो मनोमना पुर्तिकालागी भगवान शिवसंग प्राथना गर्नेगरेका थिए । हिन्दु धर्मावलम्बीहरूले श्रावण महिनाको चौथो तथा अन्तिम सोमबार श्राावण २५ गतेलाई श्रद्धा र भक्तिपूर्वक विशेष रुपमा मनाएका छन् । भगवान शिवको प्रिय महिनाका रूपमा मानिने श्राावण महिनामा व्रत, पूजा तथा आराधना गर्ने परम्पराअनुसार देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गरेको थियो ।
श्रावण महिना धार्मिक आस्था र विश्वाससँग जोडिएको महिना समेत मानिन्छ । विशेषगरी महिलाहरूले भगवान शिवप्रति श्रद्धा र भक्ति व्यक्त गर्दै श्रावण महिनाभरी आउने सोमबारको व्रत बस्ने गर्दछन् । यसरी व्रत बस्दा घरपरिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै विवाहित तथा अविवाहित महिलाहरूले व्रत बस्ने परम्परा लामो समयदेखि नै चलिआएको पाइन्छ ।
श्रावण महिनामा सोमबारको व्रत बसेर भगवान शिवको पुजा आरधना गर्नाले मनोकामनाहरु पूरा हुने धार्मिक विश्वास रहिआएकाले श्रद्धालुभरु देशभरका शिवालयहरुमा एकाबिहानै गएर पुजापाठ गर्ने गर्दछन् । महिला व्रतालुहरू हरियो पहिरन, चुरा–पोते, गरगहना र अन्यसृंगारमा सजिएर शिवालय पुग्ने भएकाले श्रावण महीनाको महत्व हुने गरेको
वताइन्छ । विशेषगरी श्रावण महिनाको सोमबारे व्रतलाई महिलाहरुसंग नै निहित रहेतापनि पुरुषहरुले समेत पुजाआरधाना गरेर भगवान शिवलाई खुसी पार्ने परम्परा अनुसार पुरुषहरुपनि यस पुजापाठमा सरीकहुने गरेको पाइन्छ ।
धर्मिक रुपमा बिस्वास र आस्था राख्नेहरुले यो महिनामा कुनै अभक्ष्य अर्थात माछा, मासु, लसुन, प्याज जस्ता चिजहरुलाई त्यागगर्ने गर्दछन् । यो महिनामा तामसी र राजसी भोजनलाई पुर्ण रुपमा ब्रजीत गरेर सात्वीक भोजन मात्र खाने चलन समेत रही आएको पाइन्छ । तर वैदिक गुरुहरुले भने सात्वीक भोज नै मन्यूष्यका लागी उत्तम भएकाले जिवन भर सात्वीक भोजन खानु उपयुक्त मान्दछन् ।
श्रावण महिनाको अन्तिम सोमबारमा श्रद्धालुहरुले शिवालयमा पूजा–पाठ तथा आराधना गर्दै पारिवारिक सुख–शान्ति, स्वास्थ्य र समृद्धिको कामना गरेका थिए ।
स्मरण रहोस नेपालमा भने श्रावण २५ गते सोमबार व्रतलाई समापन गरीएको छ भने मित्र राष्ट्र भारतमा भरखर दोस्रो सोमबारे व्रत सम्पन्न भएको छ । बिचारणीय कुरा के छ भने एउटै धर्म–संस्कारमा सोमबारे व्रत बस्ता नेपालमा समापन भइसक्दा भारतमा दोस्रो सोमबारको व्रत सम्पन्न गरीन्छ ? भारतमा श्रावणको सोमबारे व्रत भाद्र महिनाको १५ गते सकिने छ ? (अगुवा सन्देशबाट)