बुधबार, श्रावन २७, २०८३
/
लागूऔषधसहित ६ जना युवक पक्राउ, मालाखेतीमा गाँजालाई नष्ट गरीयो
२०८३ श्रावण २७
  अगुवा समाचार
कैलाली र कञ्चनपुर जिल्लाका बिभिन्न क्षेत्रहरुबाट प्रहरीले ६ जना युवाहरुलाई लागुऔष खैरोहीरोइन सहित पक्राउ गरेको छ भने कैलाली जिल्लाको मालाखेतीमा गाँजा(भाँगो) लाई नष्ट गरेको छ ।
प्रहरीले जनाए अनुसार कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं ३ वर्दवाफाँटाबाट २ ग्राम ९२० मिलिग्राम अवैध लागूऔषधसहित जानकी गाउँपालिका वडा नं ४ कञ्चनपुर गाउँका स्थानिय बासीन्दा बर्ष २२ का अमित डगौरालाई पक्राउ गरीएको हो । चेकजाँचका क्रममा लागुऔषध सहित डगौरालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
त्यसैगरी कञ्चनपुर जिल्लाबाट प्रहरीले खैरो हेरोइनसहित ५ जना पक्राउ गरीएको जनाएको छ ।
लागुऔषध सहित पक्राउ पर्नेहरुमा शुक्लाफाँटा नगरपालिका वडा नं १२ कालागौडीका ३ जना युवाहरुलाई खैरोहेरोइन ६५० मिलिग्रामसहित र शुक्लाफाटा नगरपालिका वडा नं १२ खल्ला सिविरका १६ बर्षिय एक जना युवालाई अवैध लागूऔषध खैरोहेरोइन ८० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
त्यस्तै किसिमले सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका एक जना युवालाई प्रहरीले लागुऔष खैरोहिरोइन सहित कञ्चनपुरबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं ४ उद्योग बाणिज्य संघ नजिकबाट ८२ मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइन सहित बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ५ घर भई हाल कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं १८ कोठा गरी बस्ने २० वर्षीय अशोक बिष्टलाई पक्राउ गरीएको वताइएको छ ।
 लागुऔषध सम्वन्धि कारवाहि चलाउने कार्यमा कैलाली जिल्ला स्थित  इलाका प्रहरी कार्यालय मालाखेतीको पहलमा गाँजा(भाँगो)का बोटहरु फडानी गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत २५ जना प्रहरीको टोलीले गत आइतबार गोदावरी नगरपालिका क्षेत्रमा रहेका गाँजाका बोटहरु फडानी गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अत्तरिया–महेन्द्रनगर सडकखण्डको छेउछाउमा रहेको खाली जमिनमा उम्रिएका करिब २५० देखि ३०० वटा गाँजाका बोटहरु फेला परी एक्त बोटहरूलाई फडानी गरी नष्ट गरिएको जनाएको छ । 
स्मरण रहोस गाँजाखेती गर्न खुल्ला गरीनु पर्ने भन्दै संसदमा समेत कुरा उठी सकेको छ भने सरकारले यसमा सोध गरीरहेको अवस्था छ । (अगुवा सन्देशबाट)
 
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल