बुधबार, श्रावन २७, २०८३
/
जम्मू-कश्मीरमा गोर्खा समुदायद्वारा जग्गाको स्वामित्वको माग
२७ श्रावण २०८३ तदनुसार १२ अगस्त २०२६
  अगुवा समाचार
भारतको जम्मु कस्मिरमा बसोवास गर्ने गोर्खा समुदायले आफुहरुले स्थानीय भारतीयहरु सरह उक्त क्षेत्रमा जग्गाको भोगचलन गर्न पाउनुपर्ने माग राखेकाछन । यसै सन्दर्भमा भारतको जम्मू-कश्मीरमा भएको जनसांख्यिकीय परिवर्तनको छानबिनका लागि गठित गृह मन्त्रालय (MHA) को उच्चस्तरीय समितिले जम्मू-कस्मिरका विभिन्न समुदाय र नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गरीरहेको छ ।
भारतका महारूपान्जियार एवं जनगणना आयुक्त मृत्युंजय कुमार नारायणको अध्यक्षतामा एक समिति गठन गरिएको छ, जसले अवैध बसाईसराई र त्यससँग जोडिएका कारक तत्त्वहरूको कारणले उत्पन्न जनसांख्यिकीय परिवर्तनको पत्ता लगाउन सकियोस भन्ने रहेको छ ।
​यसैमा आधारीत रहेर अखिल जम्मू-कश्मीर गोर्खा सभाकी अध्यक्ष करुणा क्षेत्री र प्रतिनिधि मनीष अधिकारीको नेतृत्वमा गठित एक प्रतिनिधिमण्डलले उक्त समितिसँग भेटघाट गरेको छ । भेटपछि करुणा क्षेत्रीले भनिन्, "हामीले केन्द्रीय समितिसमक्ष हाम्रा पुराना गुनासाहरू राख्यौँ । यद्यपि गोर्खा परिवारहरू पुस्ताौँदेखि जम्मू-कश्मीरमा बस्दै आएका छन् । उनीहरू सन् १९४७ पछि श्रीनगरको मगरमल बागजस्ता क्षेत्रहरूबाट आएर बसेका थिए र सन् १९६२ मा तवी नदी किनारमा बसोबास गर्न थालेका थिए।" १९३० को दशकको उत्तरार्धको कागजी रेकर्ड हुँदाहुँदै पनि उनीहरूलाई 'राज्य विषय प्रमाणपत्र' (State Subject Certificate) दिन अस्वीकार गरिएको थियो ।
​उनले धारा ३७० खारेज भएपछि आफूहरूले नागरिकताको मौलिक अधिकार, मतदानको अधिकार र सरकारी जागिरमा पहुँच पाएको कुरा पनि स्वीकार गरिन् । उनले समितिसँग अपिल गरिन् कि आफूहरू ६ दशकभन्दा बढी समयदेखि बसोबास गर्दै आएकाले जग्गा जमिनमा पूर्ण स्वामित्वको अधिकार प्रदान गरियोस् ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल