आज केहीबेरमा सूर्य ग्रहण लाग्न गइरहेको छ । वैदिक ज्योतिष र खगोल विज्ञानका अनुसार, यो एक 'पूर्ण सूर्य ग्रहण' (Total Solar Eclipse) हुनेछ, जुन कर्क राशि र शतभिषा नक्षत्रमा लाग्नेछ । जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचमा आएर सूर्यको प्रकाशलाई पूर्ण रूपमा छेक्छ, तब दिनमा पनि रात जस्तै अध्यारो छाउँछ ।
आउनुहोस् जानौं नेपाल, भारत लगायतका देशहरुमा यो ग्रहणको समय, सुतक कालको स्थिति र यससँग जोडिएका आवश्यक नियमहरूः
सूर्य ग्रहण २०८३: समय र अवधि
नेपाली समयानुसारग्रहणको समय-सारणी यस प्रकार छ:
• ग्रहणको आरम्भ: २७ श्रावण २०८३, राति ०९:०४ बजे
• ग्रहणको पिक (उच्चतम प्रभाव): राति ११:१६ बजे
• ग्रहणको समापन: २८ श्रावण २०८३, राति ०१:२७ बजे (मध्यरात)
• कुल अवधि: ४ घण्टा २३ मिनेट
कुन-कुन देशमा देखिनेछ यो सूर्य ग्रहण ?
यो पूर्ण सूर्य ग्रहण नेपाल, भारत लगायतका देशहरुमा देखिने छैन ।
• पूर्ण रूपमा दृश्यता: ग्रीनल्याण्ड, आइसल्याण्ड, उत्तरी रूस, स्पेन, पोर्चुगल र आन्द्र महासागरमा।
• आंशिक रूपमा दृश्यता: क्यानाडा, उत्तरी अमेरिका र युरोपका अधिकांश देशहरूमा।
के नेपाल र भारतमा मान्य हुनेछ सुतक काल ?
शास्त्रहरूका अनुसार, सूर्य ग्रहणको सुतक काल ग्रहण सुरु हुनुभन्दा १२ घण्टा अगाडि लागू हुन्छ।
यो सूर्य ग्रहण नेपाल, भारत लगायतका देशहरुमा अदृश्य रहनेछ, त्यसैले यहाँ सुतक काल मान्य हुनेछैन ।
• पूजा-पाठ: मन्दिरका ढोकाहरू बन्द हुनेछैनन् । नियमित पूजा-आराधना र धार्मिक कार्यहरूमा कुनै प्रतिबन्ध रहने छैन ।
• दैनिक कार्य: खाना पकाउने, खाने र शुभ/मांगलिक कार्यहरूमा कुनै किसिमको मनाही हुनेछैन ।
ग्रहणको समयमा के गर्ने र के नगर्ने ?
के नगर्ने:
• सूर्य ग्रहणलाई कहिल्यै पनि खाली आँखाले (Naked Eyes) नहेर्नुहोस्, यसले रेटिनालाई गम्भीर नोक्सान पुऱ्याउन सक्छ ।
• यसलाई हेर्नको लागि सोलर भ्यूअर, स्पेशल फिल्टर ग्लास वा टेलिस्कोपको मात्र प्रयोग गर्नुहोस् ।
• ग्रहण देखिएका देशहरू/क्षेत्रहरूमा गर्भवती महिलाहरू र वृद्धवृद्धाले धारिलो वस्तुहरूको प्रयोगबाट बच्नुपर्छ ।
के गर्ने:
• ग्रहण कालमा मनमनै ईश्वरको ध्यान, गायत्री मन्त्र वा महामृत्युंजय मन्त्रको जाप गर्नु शुभ मानिन्छ ।
• ग्रहण समाप्त भएपछि स्नान गरी सफा वस्त्र लगाउनुहोस् र घरमा गंगाजल छर्कनुहोस् ।
• आफ्नो सामथ्र्य अनुसार दीनदुःखीलाई अन्न, वस्त्र वा तिलको दान गर्नु फलदायी हुन्छ ।