आईतवार, श्रावन ३१, २०८३
/
आन्तरिक स्वतन्त्रता र ब्रह्मज्ञानको सन्देशसहित मुक्ति पर्वको भव्य आयोजन
१५ अगस्त, २०२६(३० श्रावण २०८३)
  अगुवा समाचार
​("मनका बन्धनहरूबाट मुक्ति नै वास्तविक स्वतन्त्रता"
- निरंकारी सतगुरु माता सुदीक्षा जी महाराज)

सम्पूर्ण भारतवर्ष जहाँ स्वतन्त्रता दिवसलाई राष्ट्रभक्ति, गौरव र उल्लासका साथ मनाइरहेको थियो, त्यही बेला सन्त निरंकारी मिसनले यस ऐतिहासिक अवसरमा ब्रह्मज्ञानद्वारा प्रदत्त आन्तरिक स्वतन्त्रताको दिव्य सन्देशलाई पनि जनसमानसमक्ष पुर्‍याएको छ। यो पर्व यस सत्यलाई साकार गर्दछ कि वास्तविक मुक्ति बाह्य बन्धनहरूबाट होइन, बल्कि अज्ञान, अहंकार र भेदभावबाट मुक्त भएर आत्मबोध एवं परमात्मबोधको अनुभूतिमा निहित छ ।
​मुक्ति पर्वको यो पावन अवसर परम श्रद्धेय सतगुरु माता सुदीक्षा जी महाराज एवं निरंकारी राजपिता रमित जीको पावन सान्निध्यमा दिल्लीस्थित निरंकारी सरोवरको समक्ष, ग्राउण्ड नं. २, निरंकारी चौक, बुराडी रोडमा श्रद्धा, भक्ति एवं उल्लासपूर्ण वातावरणमा आयोजना गरिएको  थियो । विदेशहरूको विस्तृत कल्याणकारी प्रचार यात्राको सफल समापनको लामो अन्तराल पश्चात् सतगुरुको पावन दर्शन प्राप्त गरेर दिल्ली-एनसीआर लगायत विभिन्न क्षेत्रहरूबाट आएका हजारौं श्रद्धालु भक्तहरू भावविभोर भएका थिए ।
​यस आयोजनमा श्रद्धालुहरूलाई सम्बोधन गर्दै सतगुरु माता सुदीक्षा जी महाराजले भन्नुभयो कि सच्चो मुक्ति बाह्य बन्धनहरूबाट होइन, बल्कि घृणा, अहंकार, सानो सोच र पूर्वाग्रहहरूबाट मुक्त हुनुमा छ । प्रत्येक स्वाँसमा निराकारको आभास राख्दै प्रेम, भक्ति र स्वीकार्यताका साथ बाँचिरहनु नै जीवनकालमै मुक्ति हुनु हो ।
​सतगुरु माताजीले माता सविन्दार जीको जीवनबाट प्रेरणा लिँदै लाइट हाउसको उदाहरण दिनुभयो कि परिस्थितिहरू जुनसुकै प्रकारका होऊन्, भित्री शान्ति, प्रेम र सकारात्मकताको प्रकाश सधैं कायम राख्नुपर्छ । सन्तहरूको शिक्षालाई केवल सुन्नु मात्र होइन, बल्कि विचार, कर्म र जीवनमा उतार्नु नै वास्तविक साधना र मुक्तिको मार्ग हो ।
​यस पावन अवसरमा श्रद्धालु भक्तहरूले ती महान् सन्त विभूतिहरूलाई श्रद्धापूर्वक नमन गर्दै श्रद्धासुमन अर्पण गरे, जसको त्याग एवं समर्पणले मानवतालाई मुक्तिमार्गको दिशातर्फ अग्रसर गरायो । साथै, विश्वभरमा मिसनका विभिन्न शाखाहरूमा पनि ‘मुक्ति पर्व’ को अवसरमा विशेष सत्संगको आयोजन गरी ती महान् सन्त विभूतिहरूलाई श्रद्धापूर्वक स्मरण गरियो ।
​स्मरण रहोस कि ‘मुक्ति पर्व’ को आरम्भ वर्ष १९६४ मा जगत माता बुद्धवन्ती जीको पावन स्मृतिमा भएको थियो । वर्ष १९६९ मा शहनशाह बाबा अवतार सिंह जी ब्रह्मलीन हुनुभएपछि यो दिवस ‘शहनशाह-जगतमाता दिवस’ को रूपमा श्रद्धापूर्वक आयोजित हुन थाल्यो । वर्ष १९७९ मा सन्त निरंकारी मण्डलका प्रथम प्रधान सन्त लाभ सिंह जीको स्मृतिलाई पनि यस दिवससँग जोड्दै बाबा गुरबचन सिंह जीले यसलाई ‘मुक्ति पर्व’ को रूपमा स्थापित गर्नुभयो । यस अवसरमा निरंकारी राजमाता जीको भक्तिमय जीवन तथा उहाँद्वारा प्रदान गरिएको अमूल्य शिक्षाहरूको पनि चर्चा गरिएको थिए ।
​वर्ष २०१८ देखि युगनिर्माता माता सविन्दर जीलाई पनि यस पावन अवसरमा श्रद्धापूर्वक नमन गरिन्छ, जसको वात्सल्य, नम्रता, त्याग र निष्काम सेवाले परिपूर्ण जीवन सधैं श्रद्धालु भक्तहरूका लागि प्रेरणा, मार्गदर्शन र आध्यात्मिक ऊर्जाको स्रोत बनेर रहनेछ । साथै, सतगुरु माताजीले यो पावन दिवसलाई ती सबै अनन्य भक्तहरू एवं समर्पित सेवादारहरूप्रति कृतज्ञता र श्रद्धा अर्पण गर्ने अवसरका रुपमा रहेको बनाउनुभयो, जसले आफ्नो तन, मन र जीवनलाई निःस्वार्थ भावले मिसन र मानवताको सेवामा समर्पित गरे ।
​निसंदेह मुक्ति पर्वको मूल भाव यही हो कि जस्तै भौतिक स्वतन्त्रता राष्ट्रको प्रगति र उन्नतिको मार्ग प्रशस्त गर्दछ, त्यसरी नै ब्रह्मज्ञानको दिव्य ज्योतिले मानवलाई आफ्नो वास्तविक पहिचानको बोध गराउँदै प्रेम एवं सद्भावको पावन मार्गमा अग्रसर हुने प्रेरणा प्रदान गर्दछ ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल