आईतवार, श्रावन ३१, २०८३
/
मुक्ति पर्व दिवस कार्यक्रम सम्पन्न, दिवंगत महात्माहरुको स्मरण गर्दै योगदानको सम्झना गरियो
३० श्रावण २०८३
  माण्डव्य हेमन्त
कैलाली जिल्लाको टीकापुर नगरपालिका स्थित सन्त निरंकारी सतसंगत भवनमा आज मुक्ति पर्व दिवस भव्यताका साथ मनाइएको छ । यस विशेष अवसरमा विभिन्न भजन प्रवचनका माध्यमबाट सत्संग कार्यक्रमको आयोजना गरिएको थियो । निरंकारी मिसनका ज्ञान प्रचारक महात्मा नवल सिंह बोहराज्यूको प्रमुख आतिथ्यता वृहत सत्संग कार्यक्रम सञ्चालन गरिएको थियो । मुक्ति पर्व कार्यक्रममा निरंकारी मिसनका अनुयायीहरूको बाक्लो उपस्थिती रहेको थियो भने उक्त कार्यक्रममा 'मुक्ति पर्व' को महत्व र यस अवसरमा विभिन्न व्यक्तिहरुले आ-आफ्ना विचार तथा धारणाहरु भजन र प्रवचनको माध्यमबाट व्यक्त गरेका थिए । निरंकारी मिसनका अनुयायीहरुले यश दिवसलाई मुक्ति पर्व दिवसको रुपमा किन मनाउछन भन्ने सवालमा निरंकारी मिसनका बाबा अवतार सिंह जी महाराज की धर्म पत्नी (जसलाई जगतमाताको रूपमा पनि चिनिन्छ) बुद्धवन्ती जीको देहान्त सन् १९६४ अगस्ट १५ का दिन भएको थियो । उहाँ लगायत निरंकारी मिसनका दोस्रो सतगुरु अवतार सिंह जी, मिसनका प्रधान लाभ सिंह जी, राजमाता कुलवन्त कौर जी, सतगुरु माता सविन्दर सिंह जी लगायत विभिन्न समयमा निसनमा योगदान दिएका निरंकारी मिसनका कर्मठ अनुयायीहरुको सम्झना र प्रेरणालाई आत्मसात गर्दै प्रत्येक वर्ष १५ अगस्तका दिन निरंकारी अनुयायीहरुले यस दिनलाई 'मुक्ति पर्व' को रूपमा मनाउने गरेका छन् ।
टीकापुरस्थित निरंकारी भवन लगायत नेपालका विभिन्न जिल्लाहरूमा रहेका निरंकारी सतसंग भवनहरूमा पनि यो पर्व सोही अनुरुप मनाइएको छ ।
नेपाल, भारत लगायत विश्वका अन्य विभिन्न देशहरूमा समेत यो दिवसलाई एक विशेष आध्यात्मिक पर्वको रूपमा वृहत कार्यक्रमहरू आयोजना गरी मनाइने गरिन्छ ।
मुक्ति पर्वको अवसरमा आयोजित विशेष सत्संग कार्यक्रममा ज्ञान प्रचारक महात्मा नवलसिंह बोहराले मानव जीवनको वास्तविक उद्देश्य मुक्ति प्राप्त गर्नु रहेको बताउँदै ब्रह्मज्ञानमार्फत जिउँदै मुक्तिको मार्गमा अग्रसर हुनुपर्नेमा जोड दिनुभएको थियो ।
सतसंगलाई सम्बोधन गर्दै महात्मा बोहराले संसारमा समय–समयमा आएका सन्त, महात्मा, पीर-पैगम्बर तथा आध्यात्मिक महापुरुषहरूले मानव जातिलाई मुक्ति प्राप्तिको मार्ग देखाउने कार्य गरेको बताउनुभएको थियो । उहाँले सन्त निरंकारी मिशनका बाबा बुटा सिंहजी, बाबा अवतार सिंहजी, बाबा गुरबचन सिंहजी, बाबा हरदेव सिंहजी तथा सद्गुरु माता सविन्दर हरदेव सिंहजी लगायतका सतगुरुहरूले पनि मानवलाई मानवकै रूपमा प्रेम, सेवा, सद्भाव र समर्पणका साथ जीवन जिउँदै मुक्तिको मार्गमा अघि बढ्न प्रेरित गर्दै आएको उल्लेख गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाली ज्ञान प्रचारक लाल बहादुर कुमाल, उजीर सिंह बिक, नैन सिंह बिक, रनसिंह बिक, नेपालका ज्ञान प्रचारक खडक बहादुर शाह, कृष्ण प्रसाद रेग्मी, धन सिंह रावल, नवल सिंह बिष्ट, चन्द्र सिंह विष्ट,  नन्दलाल जोशी, कृष्ण बहादुर श्रेष्ठ, मुखी महात्माहरु शिव प्रसाद भण्डारी, कर्ण बहादुर शाह, सर्प सिंह बटाला, लाल सिंह चनारा, बिरमल साउद, लक्षमी प्रसाद जैसी लगायतका धेरै निरंकारी  महात्माहरुले यश संसारबाट निराकारमा ब्रह्मलिन भएकाले उहाँहरु सबैलाई कार्यक्रममा स्मरण गर्दै उहाँको योगदानको समेत स्मरण गरिएको थियो ।
उक्त कार्यक्रममा अक्षय ओड, टेक बहादुर, गगन बिक, प्रलाद बिक रंगिला, करी सिंह बिक, भान सिंह भण्डारी, मोहन सिंह ओड, भगवती बिक, लक्ष्मी सोनी, जुनी रावल, प्रलाद रावल, मरिचमान भूल, श्रीराम काफ्ले, बिमा माता, मुखी महात्मा महादेव भण्डारी, सेवादल संचालक बजीर सिंह भुल, प्रसन्न बटाला, सिता भण्डारी, लौटन चौधरी, बल बहादुर रावल, मनिष खड्का, जैरुप चुनारा, लाल बहादुर टमट्टा (मुम्बई ठाणे), शेर सिंह (मुम्बई), टेक बहादुर थापा, गोविन्द बिक (सूरत) लगायतले भजन प्रवचनको माध्यमबाट मुक्ति पर्व दिवसको प्रष्टता पारेका थिए ।
कार्यक्रमको सञ्चालन सेवादलका चन्द्र सिंह भुलले गरेका थिए ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल