मंगलवार, भाद्र २, २०८३
/
समाजसेवी श्रीप्रसादकोे आज ९५औं जन्म दिवस 
१ भाद्र २०८३
  अगुवा समाचार
आज समाजसेवी स्वर्गीय श्रीप्रसाद(शिव) भण्डारी माण्डव्यको ९५औं जन्म दिन् । स्वर्गीय श्रीप्रसाद भण्डारी माण्डव्य को हुन त भन्ने सवाल सबैमा हुनसक्छ ? आज उहाँकै जन्मदिनको अवसरमा उहाँको सामान्य जिवनी सहीत उहाँले आफ्नो विनकालमा गरेको केही विषय वस्तुलाई उहाँ पस्कन गएरहेकाछौं । 
अछाम जिल्लाको हाल मंगलसैन नगरपालिका वडा नं ६ तेसिंगे गाउँमा हजुरबुवा ज्यातिष काँसीराम भण्डारी र पार्वति देवी भण्डारीको जेष्ठ नाती, पिता देवीराम भण्डारी र आमा हुमा देवी देवकोटा भण्डारीको जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएको थियो । उहाँका ४ भाई र ४ दिदि–बैहीनी हुनुहुन्थ्यो भने उहाँ सबै भाइ तथा दिदि–बहीनीहरुमा माईला हुनहुन्थ्यो । तर दैबको खेल उहाँका तीन भाई र एक बैनी अल्पआयूमा नै निराकारमा ब्रह्मलिन हुनुभएको वताइएको छ ।
स्वर्गीय श्रीप्रसादले मानव शरिसबाट महाप्रस्थान गरेर निराकारमा बिलिन(ब्रह्मलीन) हुनभएको पनि अहिलेको अवस्थामा १७ बर्ष भइसको छ । तर आजपनी उहाँ हामीसंगै हुनुहुन्छ भन्ने लाग्छ । किनभने स्वर्गीय श्रीप्रसादले अछाम जिल्ला स्थित चिसापानी मंगलसैन सडक खण्डको दाजु हरिप्रसाद भण्डारी सभापती भएको अवस्थामा बाटो कटानीको नेतृत्व गर्दै सोही बाटो हुँदै रसियन जिपलाई मंगलसैन सम्म पुर्याउनु भएको थियो । भनिन्छ उहाँ नभएको भए सायद नै हरीप्रसादले आफ्नो जिवनमा गरेका कार्यहरु गर्न सक्दथे । उहाँका सहयात्रिहरु यस्तो पनि भन्ने गर्दछन हरी प्रसाद भण्डारीले भनेको हरेक कार्य निसंकोच श्रीप्रसादले गर्ने गर्दथे र हरीप्रसादलाई उचित सल्लाह दिने गर्दथे, बुढापाकाहरुको भनाइअनुसार श्रीप्रसाद नै सभापतीको रुपमा थिए सहिछाप मात्र हरीप्रसादले गर्ने गर्दथे । तत्कालीन अवस्थाका बुढापाकाहरुका अनुसार श्रीप्रसाद बिना हरीप्रसादले केही निर्णयहरु गर्दैनथे । दुई भाइको सम्वन्ध राम र लक्ष्मणको जस्तो थियो । तर पछील्लो चरणमा घरायसी विवादका कारण श्रीप्रसादले तेसींगे गाउँ छोडेर डोटीको बोगटान क्षेत्रमा केही बर्ष आफ्नो कार्यस्थल बनाएका थिए । तर जव हररीप्रसादलाई समस्या पर्नथाल्यो फेरी परीवारहरुले उहाँलाई तेसींगेमा लगेको उहाँ निकटहरुले वताउछन् । त्यसको केही समय तेसींगेमा विताएर श्रीप्रसाद कैलाली जिल्लाको तत्कालीन अवस्थाको धनसिहपुर स्थित अरुनाफाँटा, नारायणपुरको सत्ती हुँदै भजनीको वर्दवाफाँटामा स्थायि रुपमा बस्नथालेका थिए ।  
स्वर्गीय श्रीप्रसाद सन १९४७ मा भारतको मुम्बैमा रहँदा अग्रेज भारतछोडो आन्दोलनामा सहभागी हुनुभयो र सोही अवस्थामा भारतको मुम्बैमा १ महिना जेलजीवन बिताउनुभएको थियो । बिक्रमसम्वत २००७ सालमा प्रजातन्त्रकालागी आन्दोलनमा सहभागी भएको अवस्थामा रक्सौल नाकाबाट राणा साशकहरुले पक्राउगरी २७ दिनसम्म कठोर जेल कारावासको सजाय सुनाउदा सजाय भोग्नु परेको थियो ।
उहाँ २०१३ साल चैत्र २८ र २९ गते डोटीमा तत्कालिन राजा महेन्द्रको सवारी हुँदा अछाम छुट्टै जिल्लाको रुपमा हुनुपर्दछ भनी आन्दोलन गर्ने समुहको एक योद्धा हुनुहुन्छ । उक्त समयमा राजाले अछाम लाई छुट्टै जिल्ला घोषणा नगर्दा डोटी सदरमुकामको सार्की टोलमा राजा महेन्द्र चढेको घोडाको लगाम समाती रोक्ने व्यक्ती हुनुहुन्छ ।
त्यस्तै, दाजु हरिप्रसाद भण्डारीलाई २०२३ सालमा अछाम जिल्लाको सभापती बनाउन उहाँले अग्रणी भुमिका खेल्नु भएको थियो । तत्कालीन अवस्थामा उहाँले अछाम जिल्ला किसान संगठनको सभापतीको सफल जिम्मेवारी बहन गर्दै अछाममा रुपान्तरीत कृषि उपजको सुद्धिकरणमा महत्वपुर्ण योगदान दिनुभएको थियो ।
स्वर्गीय श्रीप्रसाद भारतीय सेना र भारत स्थित महाराष्ट्र अन्तर्गत रहेको मुम्बै पोलीसको बरिष्ठ अधिकारी समेतको जिम्मेवारी बहन गरेर अन्तराष्ट्रिय स्तरमा समेत आफु र आफ्नो देशलाई चिनाउन समेत सफल हुनुभएको थियो । सोही समयमा उहाँले भारत उत्तराखण्ड स्थित देरादुनको माझरा चौक नजीकै २२ रोपनि जमिन र त्यसमा रहेको घर समेत आफ्नो नाममा गरी उतै बस्ने व्यवस्था समेत गर्नु भएको थियो । तर पछिल्लो समय भारत नेपालको सम्वन्धमा केही जटीलता देखीदै गएका कारण उहाँ आफ्नै देशमा फर्किनु भएको थियो ।
उहाँले अछाम जिल्लाको मंगलसैन नगरपालीका वडा नं ६ तेसिंगेमा रहेको गंगा मावीको स्थापनामा अहंम भुमिका खेल्दै उक्त विद्यालयको अध्यक्ष समेत हुनुभएको थियो भने कैलाली जिल्लाको भजनी नगरपालीका वडा नं ३ मा रहेको दुर्गा मावी, वडा नं ८ मा रहेको कालीका प्रावीको स्थापना कालमा समेत अध्यक्षको भुमिकामा रही सफल भुमिका खेल्नु भएको थियो ।
उहाँ इतिहास, ज्योतिष, आयुर्वेदका समेत ज्ञाता हुनुहुन्थ्यो ! स्थानिय स्तरमा उहाँले यस कार्य मार्फत धेरै समय सामाजीक कार्यमा रहि समाजमा आफ्नो छवीलाई बलीयो बनाउनु भएको पाइन्छ भने उहाँले आफ्नो जिवनको उतराद्र्रमा २०३२ साल देखी आध्यात्मिक चिन्तनमा लाग्ग्दै सन्त निरंकारी मिसनको प्रचारक र स्थानीय मुखिको जिम्मेवारीमा रहेर कार्य गर्नुभएको थियो ।
उहाँ माण्डव्य समाज नेपालको संस्थापक समेत हुनुहुन्छ भने उक्त समाजले प्रकाशन गरेको बृहत माण्डव्य बंशावली–२०७२ का प्रेरणाका स्रोत र प्रमुख स्रोतव्यक्ति समेत हुनुहुन्छ । उहाँले नै सर्वप्रथम माण्डव्य बंशीय इतिहासको खोजनी २०१९ साल भाद्र १ गते देखी भारतको देरादुनबाट सुरु गर्नुभएको कुरा उक्त प्रकाशित किताबबाट खुल्न आउछ । 
उहाँका जेष्ठ सुपुत्र हेमन्त माण्डव्यका अनुसार २०६६ साल अषाढ १६ गते दिउँसो १२.३० बजे तिर स्वर्गीय श्रीप्रसाद जीले मानव शरिरलाई प्यागेर महाप्रस्थान मार्फत ब्रह्मलीन हुनु भन्दा केहिदिन अघी २०६६ असाढ २ गते आफु संगठनको कार्यले रोल्पा को लिवाङ्ग जानेक्रममा दिनुभएको अन्ति उपदेश यस्तो रहेको वताउछन् ! 
“बाबू तिमिले जुन संघ–संस्था अर्थात सामाििजक कार्य गर्छौ या गरिरहेका छौ, त्यसलाई बुवाआमा र घरपरिवारभन्दा माथी राखेर गर, अनि मात्र तिमी सफल संगठकको रुपमा स्थापित हुने छौ ।“ यो पिता जी को अन्तिम भनाई र मेरो कानले सुनेको अन्तिम बोली हो । उहाँका छोरा माण्डव्यका अनुसार स्वर्गीय श्रीप्रसाद जीले लेखेका र भनेका प्रेरणादायी कुराहरुलाई समेटेर आगामी दिनमा एउटा कितावको प्रकाशन गरीने वताउछन् ।
स्वर्गीय श्रीप्रसाद जीको यो भनाइले सायद सबैको मन छुने गर्दछ । उहाँ आज हामी सामु नभएतापनि उहाँले गरेका कृयाकलाप र भनाइहरुले हामी र हाम्रो आगामी पीढीलाई आफ्नो समयकालमा अगाडी बढ्न पक्कैपनि मद्धत गर्नेछ र हामी सबैलाइ पनि सहि दिशा निर्देश गर्न प्रेरीत गर्नेछ । वास्तममा भन्ने हो भने उहाँले नेतृत्व गरेर सूरुवात गरीएको चिसापानि मंगलसैन सडकखण्डले जुनदिन सार्थकता पाउने छ त्यो दिन पक्कै पनि उहाँको सम्मान हुनेछ । आजको दिनमा राजनितीज्ञ, समाजसेवी, तथा आध्यात्मीकवादी श्रीप्रसाद जीलाई हाम्रो तर्फबाटपनि श्रद्धासुमन व्यक्त गर्दछौं ।
 
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल