जिल्ला प्रहरी कार्यालय धनगढीले जनाए अनुसार कैलाली जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ११ जना अभियुक्तहरुलाई पक्राउ गरीएको छ ।
प्रहरीका अनुसार, ठगी सम्बन्धि मुद्दामा ६ महिना कैद सजाय र ३० हजार जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका वडा नं १० का ३२ वर्षीय श्यामबहादुर चौधरी, बैङ्किङ कसुर मुद्दामा १ दिन कैद सजाय र १ हजार ५१० जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका वडा नं १ का राजबहादुर थापा, चेक अनादर मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका वडा नं १ बस्ने केशवराज जैशी, लिखित सम्बन्धि कसुर मुद्दामा ५ महिना १५ दिन कैद तोकिएको लम्कीचुहा नगरपालिका वडा नं १० का खेमबहादुर चौधरी रहेका छन् ।
त्यसैगरी बोक्सि सम्बन्धि आरोप मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार जनही तोकिएका टीकापुर नगरपालिका वडा नं ७ वैदी बस्ने २७ वर्षीय (माता भन्ने) सुनिल मिस्त्री, टीकापुर नगरपालिका वडा नं ९ बौनिया बस्ने ३४ वर्षकी हिरामोती डगौरा थारु र सोही ठाउँ बस्ने ४५ वर्षकी लाली डगौरा रहेका छन् ।
त्यस्तै किसीमले बोक्सि सम्बन्धि आरोपको मुद्दामा १ वर्ष कैद सजाय र १५ हजार जनही तोकिएका भजनी टीकापुर नगरपालिका वडा नं १ गौनिया बस्ने ५० वर्षीय जयराम डगौरा, सोही ठाउँ बस्ने ४४ वर्षीय पदम डगौरा, ४५ वर्षीय लहानु डगौरा र ५४ वर्षीय बाबुराम डगौरा रहेका छन् । (अगुवा सन्देशबाट)