कैलाली जिल्लाको टीकापुर नगरपालिमा रहेको यामाहा कम्पनिको आधिकारीक डीलर जानकी कम्प्लिट अटो केयर प्रालीले, यामाहाको एक्सएसआर–१५५ मोडेलको मोटरसाइकल औपचारिक रूपमा सार्वजनिक गर्दै बिक्री–वितरण सुरु गरेको छ । उक्त मोटरसाइकलको सार्वजनिक उद्घाटन टीकापुर उद्योग वाणीज्य संघका अध्यक्ष सन्तोष खडकाले गरेका थिए । उक्त कार्यैक्रममा टीकापुर उद्योग वाणीज्य संघको टीम, टीकापुर स्थित बिभिन्न व्यवसायीहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।
यामाहाको एक्सएसआर–१५५ मोटरसाइकल नयाँ युगको रुपान्तकारी विशेषगरी युवा लक्षित नियो–रेट्रो डिजाइनमा बनेको प्रिमियम मोटरसाइकल हो, जसले आफ्नो लुक र आधुनिक प्रविधिलाई उत्कृष्ट तरिकाले संयोजन गरेको छ । यो मोटरसाइकल यामाहाको चर्चित मोडलएमटी–१५ र आर–१५ कै इन्जिन तथा प्लेटफर्ममा आधारित रहेको कम्पनिले जनाएको छ ।
यो मोटरसाइकल १५५ सीसी, लिक्विड–कुल्ड, ४–स्ट्रोक, एसओएचसी, ४–भल्भ, सिंगल सिलिन्डर इन्जिनमा रहेको वताइएको छ । यसको अधिकतम शक्ति १८.४ पीएस तथा १०,००० आरपिएममा रहनुका साथै टर्क १४.२ एनएम र ७,५०० आरपिएममा रहेको वताइएको छ ।
जानकी कम्प्लिट अटो केयर प्रालीका सञ्चालक हेमन्त रावलले जनाए अनुसार यसमा भेरीवल भल्भ एक्सन प्रविधि रहेको छ, जसले तल्लो र माथिल्लो दुवै रेन्जमा उत्कृष्ट प्रयुक्त पावर र प्रवेग प्रदान गर्दछ ।
सञ्चालक रावलका अनुसार एक्सएसआर–१५५ को मूल्य रु. ५ लाख ३९ हजार ९ सय निर्धारण गरिएको भएतापनि रंग अनुसार मूल्य फरक–फरक रहेको बताएकाछन् । रावलले मोटरसाइकलको सबैभन्दा ठूलो विशेषता यसको क्लासिक लुक र आधुनिक प्रविधिको संयोजन रहेको बताए ।
त्यसैगरी यसमा म्यानुअल गियरबक्स जसमा Assist & Slipper Clutch पनि उपलब्ध रहेको छ । यस मोटरसाइकलमा गोलो आकारको एलइडी हेडल्याम्प र क्लासिक टियरड्रप (आँसुको थोपा आकारको) फ्युल ट्याङ्क दिइएको छ । यसमा आरामदायी सिंगल–पिस सिट र बलियो डेल्टाबक्स फ्रेममा यो तयार गरिएको छ भने टीकापुरमा रातो, सेतो र कालो कलरमा यो मोटरसाइकल उपलब्ध रहेको वताइएको छ ।
यसमा सस्पेन्सन, ब्रेक र टायर अगाडि सस्पेन्सनः अपसाइड डाउन टेलिस्कोपिक फोर्क रहेको छ भने पछाडि सस्पेन्सनः लिङ्क्ड मोनोशक स्विङ्गआर्म रहेकाले यसलाई अझै बलीयो बनाएको पाइन्छ ।
ब्रेक प्रणालीः सुरक्षाका लागि अगाडि र पछाडि दुवैतर्फ डिस्क ब्रेकका साथ ड्युअल–च्यानल एबीएस समेत उपलब्ध रहेको छ ।
चक्का चिप्लनबाट बचाउन यसमा ट्र्याक्सन कन्ट्रोल सिस्टम पनि जडान गरिएको छ । चौडा र बलियो ट्युबलेस रेडियल टायरहरू (अगाडिः १००÷८०–१७, पछाडिः १४०÷७०–१७) प्रयोग गरिएका छन् । गोलो आकारको डिजिटल एलसीडी इन्स्ट्रमेन्ट क्लस्टर, जसले गति, आरपिएम, फ्युल गेज र गियर पोजिसन देखाउँछ ।
यामाहाको Y–Connect एप मार्फत स्मार्टफोन पनि जोड्न सकिन्छ, जसले कलर आईडी, म्यासेज अलर्ट र फोन ब्याट्रीको जानकारी दिन्छ । यसमा फ्युल ट्याङ्क क्षमताः १० लिटर, ४५ देखि ४६ किलोमिटर सम्मको माइलेज प्रतिलिटर लगभग प्रदान गर्दछ भने यसको तौल १३७ किलोग्राम रहेको कम्पनिले जनाएको छ । (अगुवा सन्देशबाट)