सन्त निरंकारी मिसनले वातावरणमा परीरहेको असरलाई न्यनिकरण गर्ने उदेश्यले सञ्चालन गरीएको हरित अभियानको छैठौं चरणलाई सुरुवात गर्नलागेको छ । ब्रह्मलीन हुनुभएका निरंकारी बाबा हरदेव सिंह ज्युको दिव्य सन्देश “प्रदूषण भित्र होस् वा बाहिर, दुवै हानिकारक हुन्छ”, “केवल पर्यावरण संरक्षणको आह्वान मात्र होइन, बल्कि मानवीय चेतनालाई निर्मल र प्रकृति प्रति उत्तरदायी बनाउने प्रेरणाको स्रोत पनि हो ।” भन्ने प्रेरणालाई साकार रूप दिँदै सन्त निरकारी मिशनले आफ्नो पर्यावरण संरक्षणसम्बन्धी पहल ‘वननेस वन–प्रकृतिको साथ समरसता’ मार्फत हरित, सन्तुलित एवं दिगो भविष्य निर्माणका लागि निरन्तर समर्पित भावले कार्य गरिरहेको छ ।
यसै कार्य अन्तर्गत निरंकारी मिसन की सतगुरु माता सुदीक्षा ज्यु महाराज एवं निरकारी राजपिता रमित ज्युको आशीर्वादबाट अगस्त २०२१ बाट प्रारम्भ भएको यो विचीत्र पहल आज विश्वव्यापी जनअभियानको रूपमा ग्रहण गरिसकेको छ । यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको केवल वृक्षारोपण गर्नु मात्र होइन, बल्कि प्रकृतिसँगको आत्मीय सम्बन्धलाई पुनर्जीवित गर्नु, पर्यावरण संरक्षणलाई जीवन–मूल्यको रूपमा स्थापित गर्नु तथा आउने पुस्ताहरूका लागि हरियाली, स्वच्छ एवं सन्तुलित पृथ्वीको निर्माण गर्नु हो । समयसँगै यो अभियान निरन्तर विस्तार हुँदै देश–विदेशभरि लाखौँ–लाख मानिसहरूलाई प्रकृति प्रति संवेदनशील बन्न प्रेरित गरिरहेको छ ।
सन्त निरकारी मण्डलका सचिव श्री जोगिन्दर सुखीजा ज्युले अगुवा सन्देशलाई जानकारी गराउँदै भन्नुभयो, भारतका विभिन्न राज्यहरूमा हालसम्म करिब ३५० वटा बोटविरुवाका समूहहरू स्थापना गरिएकाछन्, भने ६०० भन्दा बढी ‘वननेस वन’ स्थलहरूमा निरंकारी मिसनका श्रद्धालु तथा सेवादार, अनुयायिहरू पूर्ण समर्पणका साथ ती बिरुवाहरूको संरक्षण एवं संवद्र्धन गर्न लागी परेकाछन् । यो अभियान केवल रूख–बिरुवा रोप्नमा मात्र सीमित छैन, बल्कि समाजमा प्रकृतिको प्रति जनचेतना, संवेदनशीलता, पर्यावरणीय उत्तरदायित्व तथा सामूहिक सहभागिताको संस्कृतिलाई पनि सुदृढ गरिरहेको छ ।
यही दिगो प्रयासलाई अगाडि बढाउँदै सन्त निरकारी मिसनको च्यारिटेबल फाउन्डेसनद्वारा २३ अगस्त २०२६ आइतबार का दिन यस महाअभियानको छैटौँ चरणको शुभारम्भ गरीएको छ । यो अभियान देशभरका ग्रामीण तथा सहरी क्षेत्रसहित ६३० स्थानमा एकसाथ आयोजित भइको छ । यस अवसरमा मिशनका लाखौँ श्रद्धालु तथा स्वयंसेवकहरूले समर्पित भावले सहभागिता जनाउँदै करिब १० लाख बिरुवालाई रोप्ने कार्य भएको छ । यो व्यापक अभियानले पर्यावरण संरक्षणको प्रति जनचेतना बढाउनुका साथै हरित एवं स्वस्थ भविष्य निर्माणको दिशामा एउटा महत्त्वपूर्ण कदम साबित हुने वताइएको छ ।
सन्त निरंकारी मिसनका अनुसार, यस हरीत अभियानको विशेषता के छ भने मिशनले केवल रुख–बिरुवा रोपेर मात्र आफ्नो जिम्मेवारी सीमित राख्दैन, बल्कि ती रूख–विरुवा नहुर्कुञ्जेल निरन्तर संरक्षण गर्ने संकल्प पनि पूरा गर्दछ । प्रत्येक बिरुवाको ३ देखि ५ वर्षसम्म नियमित रेखदेख गरिनेछ, ताकि ती विकसित भएर घना साना वनहरूको रूप लिन सकून्, जैविक विविधतालाई समृद्ध बनाऊन्, स्थानीय इकोसिस्टमलाई सशक्त बनाऊन् र आउने पुस्तालाई स्वच्छ तथा हरियाली वातावरण प्रदान गर्न सकून् ।
सन्त निरंकारी मिसनको अन्तराष्ट्रिय मुख्यालय दिल्लीका अनुसार, आज जब विश्वले जलवायु परिवर्तन, बढ्दो प्रदूषण र प्राकृतिक स्रोतहरूको ह्रासजस्ता गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ, यस्तो समयमा सन्त निरकारी मिशनको यो हरित संकल्पले प्रत्येक नागरिकलाई प्रकृतिसँग सह–अस्तित्वको सन्देश दिइरहेको छ । यो अभियानले हामीलाई स्मरण गराउँछ कि यो धर्ती केवल हाम्रो विरासत मात्र होइन, बल्कि आउने पुस्ताहरूप्रतिको हाम्रो साझा जिम्मेवारी पनि हो । आउनुहोस्, एउटा बिरुवा रोपेर, त्यसलाई रूख बनाएर र प्रकृतिको संरक्षण गर्ने संकल्प लिएर हामी सबै यस हरित परिवर्तनको अभियानमा निस्वार्थ रुपमा सहभागी बनौँ । (अगुवा सन्देशबाट)