बिहिवार, भाद्र १८, २०८३
/
बाढीपीडित राहतकालागी कैलाली बाट लाखौं रुपैयाँ सहयोग
१८ भाद्र २०८३
  अगुवा समाचार
     भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत राहत होस भन्ने उदेश्यले नेपाल सरकारले जारीगरेको निदैशन अनुसार कैलाली जिल्लाको धनगढीबाट बिभिन्न संघसंस्थाहरुले लाखौं रुपैयाँ राहत स्वरुप नेपाल सरकारलाई हस्तानतरण गरेकाछन् ।
    पीडीत परीवारलाई आफ्नो तर्फबाट केहीगर्न सकिन्छ की भन्ने उदेश्यले कैलाली जिललाको धनगढी उपमहानगरपालिका वडा नं ४, उत्तरबेहडी स्थित सञ्चालनमा रहेको कैलाली मोडेल माध्यमिक विद्यालयले १ लाख ५ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको वताएको छ । 
    त्यसैगरी बाढी पीडितको राहत तथा उद्धारका लागि धनगढीस्थित एरिस्टो इङ्लिस हाइस्कुलले विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालयको तर्फबाट ३ लाख १ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको वताएको छ ।
विद्यालयका अनुसार विद्यार्थीहरू बाट स्वेच्छिक रूपमा संकलित ५४ हजार ९ सय २५ रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट १ लाख २५ हजार रुपैयाँ र विद्यालयको तर्फबाट १ लाख २१ हजार १ सय ८६ रुपैयाँ गरी कुल ३ लाख १ हजार १ सय ११ रुपैयाँ राहत
कोषमा जम्मा गरिएको जनाइएको छ । 
    त्यस्तै किसीमले कैलाली जिल्लाको धनगढी चटकपुर स्थित रहेको सीपी अस्पताल परिवारले राहत कोषमा आर्थिक सहयोग गरेको जनाइएको छ ।
    उक्त अस्पतालका अनुसार विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले अस्पतालका कर्मचारी तथा प्रशासनको तर्फबाट रु.३ लाख ३५ हजार ३ सय ३५ रुपैयाँ सहयोग गरिएको अस्पताल स्रोतले जनाएको छ ।
    सोही किसीमले कैलाली जिल्ला स्थित नेपाली काँग्रेस क्षेत्र नम्बर ५ ले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५१ हजार १११ रुपैयाँ सहयोग गरेको जनाएको छ ।
    नेपाली काँग्रेस पार्टीको केन्द्रिय निती अनुसार उक्त रकम कांग्रेस केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा व्यवस्थापन कोषमा पठाइने क्षेत्र नम्बर ५ कैलालीका सभापति भीम पडालले जानकारी दिएकाछन् ।
    सभापती पडालका अनुसार विपद्को कठिन समयमा प्रभावित नागरिक लाई सहयोग गर्ने उद्देश्यले क्षेत्रीय समितिको तर्फबाट उक्त रकम प्रदान गरिएको वताउदै विपद्मा परेका नागरिक को उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिएकाछन् ।
    त्यस्तै, सुदूरपश्चिम प्रदेश युवा संजालले विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग होस भन्ने हेतुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा व्यवस्थापन कोषमा २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएइएको छ ।
    उक्त सञ्जालका अध्यक्ष युवराज जोशीले प्रधानमन्त्री दैवी प्रकोप कोषको आधिकारिक क्यूआरमार्फत २१ हजार रुपैयाँ सहयोग गरेको जनाएकाछन् । अध्यक्ष जोशीले विपद्का समयमा नागरिकहरू पीडामा रहेका बेला आफूले सक्दो सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै उनले सबैलाई आ–आफ्नो तर्फबाट सकेको सहयोग गर्न अपिल गरेका छन् ।
    यस्तै किसीमले कैलाली जिल्लाको टीकापुरबाट समेत उक्त राहतकोषमा लाखौं रुपैयाँ हस्तान्तरण भइसकेको छ भने अभलै टीकापुरबाट स्थानियहरुले राहतकोषमा रकम जम्मा गर्ने प्रकृया निरन्तर स्पमा रहेको छ । (अगुवा सन्देशबाट)
 
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल