बिहिवार, कार्तिक २७, २०८३
/
भारतमा अन्तर्राष्ट्रिय साहित्यिक महासम्मेलन हुँदै, नेपालबाट पनि सहभागीता रहने
२६ कार्तिक २०८३
  अगुवा समाचार
आगामी मंसिर(डिसेम्बर)मा भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा अन्तर्राष्ट्रिय साहित्यिक महासम्मेलनको आयोजना गरिने भएको छ । उक्त सम्मेलनमा नेपाल लगायत अन्य देशहरुबाट समेत साहित्यकारहरुको सहभागीता रहने जनाईएको छ ।
भारतको लखनउबाट यस कार्यक्रमका प्रभारी, वरिष्ठ साहित्यकार, पत्रकार तथा अभिनेता प्रदीप सारंगले दिएको जानकारी अनुसार महात्मा बुद्धको निर्वाण भूमि कुशीनगरमा रहेको बुद्ध स्नातकोत्तर महाविद्यालयमा आचार्यकुलको तीन दिवसीय राष्ट्रिय सम्मेलन (साथै अन्तर्राष्ट्रिय काव्य कुम्भ) २०८३ पौष १०, ११ र १२ तदनुसार 25, 26 र 27 डिसेम्बर 2026 मा आयोजना हुन गइरहेको छ ।
​प्रभारी सारंगका अनुसार आचार्यकुलका राष्ट्रिय अध्यक्ष आचार्य धर्मेन्द्रजीले जानकारी दिँदै बुद्ध स्नातकोत्तर महाविद्यालय राष्ट्रिय राजमार्गमै अवस्थित भएकाले आवतजावतमा कुनै प्रकारको असुविधा नहुने बताउनुभएको छ ।
​स्वागताध्यक्ष अभय कुमार श्रीवास्तव 'जिज्ञासु', संयोजक नन्दलाल मणि त्रिपाठी र प्राचार्य डा. विनोद मोहनजीका साथै राष्ट्रिय अध्यक्षले सम्मेलन स्थलको भ्रमण गरी निरीक्षण गर्नुभयो र आवास व्यवस्थाको वस्तुस्थिति बुझ्नुभयो । स्वागताध्यक्ष अभय कुमार श्रीवास्तव 'जिज्ञासु'ले यो स्थल अत्यन्तै मनोरम र आकर्षक रहेको समेत बताउनुभयो । बुद्ध स्नातकोत्तर महाविद्यालय बुद्ध परिनिर्वाण स्थलसँगै जोडिएको छ । आयोजकको तर्फबाट राष्ट्रिय सम्मेलनमा सहभागी हुन चाहने सबै आचार्य, कवि तथा पत्रकारहरूलाई दर्ता फारम छिट्टै भरेर बुझाउन समेत आग्रह गरीएको छ ।
​आयोजकले कार्यक्रममा सहभागीहुनेहरूको सहभागिताका लागि दर्ता गर्ने अन्तिम तिथि २०८३ मंसिर १९ गते तदनुसार 5 डिसेम्बर 2026 तारिख तोकेको छ । मंसिर १९ गते सम्ममा दर्ता फारम आचार्य गुरुकुल पवनार आश्रममा पुगिसक्नुपर्नेछ । स्रोतका अनुसार यस अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा नेपालका वरिष्ठ साहित्यकारहरूको समेत सहभागिता रहने जनाइएको छ ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल