सन्त निरंकारी मण्डलको केन्द्रीय कार्याल ललितपुरको गोदावरी नगरपालिका स्थित हातिबनमा बृहत् सत्संगत कार्यक्रम सम्पन्न गरिएको छ ।
सन्त निरंकारी मण्डल मुख्यालय भारतको दिल्लीबाट खटाइएका ज्ञानप्रचारक विनोद वोहोरा जीको प्रमुखतामा बृहत् सत्संगत कार्यक्रम सम्पन्न भएको कुरा सन्त निरंकारी मण्डलका मिडिया प्रतिनिधि बलराम रोकायाले वताएकाछन् ।
सन्त निरंकारी मिसन दिल्लीबाट प्रचार यात्रामा आउनुभएका ज्ञानप्रचारक वोहोरा जी नेपालका धेरैजसो जिल्लाहरुको भ्रमण गर्ने बताइएको छ ।
नेपालको प्रचार यात्राका क्रममा ज्ञानप्रचारक विनोद वोहोरा निर्धारित कार्यक्रम अनुसार २०८३ कार्तिक २८ गते शनिबार काठमाण्डौमा ११ बजे देखि १.३० बजेसम्म आज सम्पन्न भएको छ ।
त्यसैगरी भोली २०८३ कार्तिक २९ गते आइतबार बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म काठमाण्डौमा सन्त निरंकारी मण्डल नेपालको केन्द्रीय समिती बैठकमा सहभागी हुने भएकाछन् भने २०८३ कार्तिक ३० गते सोमबार साँझ ५ बजे देखी ७ बजेसम्म पोखरा, २०८३ मसिर १ गते मंगलबार बिहान १२ बजे देखि दिउँसो २.३० बजेसम्म स्याङ्जा जिल्लामा, २०८३ मंसिर २ गते बुधबार बिहान १२ बजेदेखी २ बजेसम्म रुपन्देहीको बुटवलमा, २०८३ मंसिर ३ गते बिहीबार बिहान ११ बजे देखि १.३० बजेसम्म दाङ्ग-तुलसीपुरमा, २०८३ मंसिर ४ गते शुक्रबार बिहान ११ बजे देखि १.३० बजेसम्म सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा र २०८३ मंसिर ५ गते शनिबार बिहान १२ बजे देखि २.३० बजेसम्म बाँकेको नेपालगन्जमा, २०८३ मसिर ६ गते आइतबार बिहान ११ बजे देखि १.३० बजेसम्म बर्दिया जिल्लाको तारातालमा सत्संगत गरेर साँझको बसाई कैलाली जिल्लाको टीकापुर भवनमा हुनेछ ।
त्यसैगरी २०८३ मंसिर ७ गते सोमबारका दिन कैलाली जिल्लाको टीकापुरमा बिहान ११ बजे देखि १.३० बजेसम्म आयोजना गरिने बृहत् सत्संगत कार्यक्रममा सहभागी हुनुहुनेछ भने २०८३ मंसिर ८ गते मंगलबार कैलाली जिल्लाको बौनियाँमा बिहान ११ बजेदेखी १.३ बजेसम्म र २०८३ मंसिर ९ गते बुधबार सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलाली जिल्लाको धनगढीमा बिहान ११ बजेदेखी १.३० बजेसम्म बृहत् सत्संगतको कार्यक्रम ज्ञान प्रचारक वोहोरा जीको प्रमुखतामा हुनेछ ।
त्यस्तैगरी २०८३ मंसिर १० गते बिहीबार बिहान १२ बजेदेखी २ बजेसम्म कञ्चनपुर जिल्लाको पुर्नवासमा र २०८३ मसिर ११ गते शुक्रबार बिहान ११ बजेदेखी १.३० बजेसम्म कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा बृहत् सत्संगत कार्यक्रमको आयोजना गरिनेछ । उक्त कार्यक्रमको समापनपश्चात भने त्यसैदिन ज्ञानप्रचारक विनोद बहोरा जी दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको सन्त निरंकारी मण्डल टीकापुरले जनाएको छ ।
आज भएको उक्त सत्संगत कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष तथा नेपाल प्रभारी नर बहादुर रावल, केन्द्रीय उपाध्यक्ष कृष्ण पन्त, सहसचिव नर बहादुर विश्वकर्मा, केन्द्रीय सदस्य देवराज रिमाल, बेचु रजक, केन्द्रीय सदस्य
तथा सेवादल क्षेत्रीय सञ्चालक नर बहादुर बटाला, भारतबाट प्रचार यात्रामा आउनुभएकी रानी बोहरा, पुर्व सांसद रन्जु झा-ठाकुर, सञ्जिव टमट्टा, बाबुकाजी महर्जन, सरस्वती, हृदय, गणेश, विरेन्द्र चौधरी, बाल सत्संगत समूह, मणिलाल, मदन पोखरेल, हरिसिद्धि महिला संगित समूह, हरिसिद्धि ठैब सत्संगत तथा महालक्ष्मी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अमृत खत्री, ललितपुर महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष गणेश कुमार महर्जन, महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जीवी पौडेल लगायतले भजन, प्रवचन तथा आफ्ना सान्द्रभिक भनाईहरु राखेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन मण्डलका केन्द्रीय सचिव अनिल महर्जनले गरेका थिए ।