सोमबार, मंसिर ८, २०८३
/
सन्त निरंकारी मिसनका पुर्व विदेश बिभाग सचिव बोहोरा टीकापुरमा
६ मंसिर २०९३
  हेमलम्व माण्डव्य
सन्त निरंकारी मिसनका पुर्व विदेश बिभाग सचिव तथा मिसनका ज्ञान प्रचारक बिनोद बोहोरा जी नेपाल यात्राको क्रममा आज साँझ धर्मपत्नीका साथमा कैलालीको टीकापुरमा आइपुग्नु भएको छ ।
उहाँ सन्त निरंकारी मिसनको अन्तराष्ट्रिय कार्यालय भारतको दिल्लीबाट नेपाल यात्राकोलागी खटाईनु भएको हो । उहाँको साथमा उहाँकी धर्मपत्नी रानी बोहरा समेत रहेकिछिन् ।
सन्त निरंकारी सत्गुरु माता सुदिक्षा जी महाराजको कृपाद्वारा नेपाल यात्राको क्रममा काठमाण्डौ हुँदै आज टीकापुर आईपुगेको बिदेश विभाग पुर्व सचिव बोहराले वताउनु भएकोछ ।
सन्त निरंकारी भवनमा शुभकामना सन्देश दिदै ज्ञानप्रचारक बोहोरा जीले नेपालका विभिन्न क्षेत्रमा रहेका निरंकारी अनुयायीहरुको दर्शन गर्ने अवशर पाईएकाले आफुलाई धेरै खुसी लागेको वताएका छन् ।
उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभयो, नेपालका विभिन्न ठाउँ र क्षेत्रहरुमा सत्संगत गर्नपाउँदा यहाँका निरंकारी अनुयायीहरुको प्यार र सद्भाव देखेर ब्रह्मज्ञानीहरुको वास्तविकता झल्किएको महसुश गर्न पाईयो । सच्चा गुरु सिखको वातावरण देखियो । हामी सबै सत्गुरुका दास हौं हामी सबैलाई सत्गुरुले आफ्नो चरणमा  सधै राखिराखुन् भन्दै सत्गुरुले जो आदेश दिन्छ हामीले त्यसैको अनुशासनमा रहेर आफ्नो जीवन उज्वल बनाउनु पर्दछ । सधै सेवा सिमरण र सत्संगतको माध्यमबाट सच्चा गुरु सिंखको पहिचान दिनसक्नु पर्दछ ।
उहाले आफ्नो सन्देशमा भन्नुभयो भोली सोमबार सन्तनिरंकारी सतसंगत भनव टीकापुरमा सतसंगत गरेर अर्को कार्यक्रममा सहभागी हुँदै गण्तव्यमा प्रवेश गर्ने वताएकाछन् ।
मिसनका पुर्व बिदेश विभाग सचिव र उहाँकि धर्मपत्नीको स्वागत सन्त निरंकारी मण्डल नेपलाका अध्यक्ष तथा प्रभारी नरबहादुर रावले गर्नु भएको थियो भने उक्त अवसरमा सन्तनिरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य ता प्रचार बिभाग प्रमुख देवराज रिमाल, केन्द्रीय सदस्य तथा सेवादल क्षेत्रीय सञ्चालक नरबहादुर रावल, केन्द्रीय सल्लाहकार श्रीराम काफ्ले, सन्त निरंकारी मिसनका मिडिया प्रतिनिधि हेमन्त माण्डव्य, सन्त निरंकारी भवन टीकापुरका मुखी महादेव भण्डारी, सेवादल सञ्चालिका जुनु रावल, सेवादल शिक्षक बजिरसिंह सार्की, सेवादल अधिकारी भानसिंह बिक, सन्त निरंकारी आदर्श विद्यामन्दिर माविका अध्यक्ष प्रकाश भण्डारी, सन्त निरंकारी मिसनका फोटोग्राफर दिपक रावल लगायतका मिसनका विभिन्न तहमा रहेका अधिकारी लगायत निरंकारी सेवादल र अनुयायीहरुको उपस्थिती रहेको थियो ।
सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले दिएको जानकारी अनुसार भोली बिहान ९ बजे नवनिर्माणको तयारीमा रहेको आधुनीक सत्संगत भवनको शिलान्यास गरिनेछ भने बिहान ११ बजेदीखी १ बजेसम्म बृहत् सत्संगतको कार्यक्रम रहेको छ ।
मिसनको प्रचार यात्रामा रहेका ज्ञानप्रचारक महात्मा विनोद बोहोरा धर्मपत्नी सहित भोली साँझ नै कैलाली जिल्लाको बौनियामा रहेको सन्त निरंकारी भवनमा जाने कार्यक्रम रहेको छ । बौनियामा पर्सी मंगलबार बिहान ११ बजे देखि १ बजेसम्म सत्संगत कार्यक्रम रहेको छ । त्यसैगरी मंगलबार साँझ धनगढीजाने र बुधबार धनगढि सत्संगत भवनमा सत्संगत गरेर सोही दिन कञ्चनपुरको पुनर्वास सतसंगत भवनमा साझको बास रहनेछ भने विहिबार उक्त ठाउँमा रहेको भवनमा सत्संगत सम्पन्न गरि कञ्चनपुरको महेन्द्रनगर बास रहनेछ भने १० गते शुक्रबार महेन्द्रनगरमा रहेको भवनमा अन्तिम सत्संगत गरेर सोही ठाउँबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको सन्त निरंकारी मिसनका मिडिया प्रतिनिधि हेमन्त माण्डव्यले वताइएको छन् ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल