सोमबार, मंसिर ८, २०८३
/
टीकापुरमा सन्त निरंकारी भवनको शिलन्यास गरियो
७ मंसिर २०८३
  हेमलम्व माण्डव्य
कैलाली जिल्ल्लाको टीकापुरमा सन्त निरंकारी भवनको उद्घाटन गरिएको छ ।
आज बिहान टीकापुर नगरपालिका वडा नं १ ब्लक नं १० स्थित आध्यात्मिक स्थलमा सन्त निरंकारी मिसनका पुर्व बिदेश बिभाग सचिव तथा मिसनका ज्ञानप्रचारक महात्मा बिनोद बोहराले भवनको शिल्यान्यास गर्नुभएको छ । अत्याधुनिक तरिकाले सम्पन्न हुने उक्त सत्संगत भवन नेपाल कै नमुनाको रुपमा रहनेछ ।
नेपाल यात्राको क्रममा रहेका मिसनका पुर्व बिदेश बिभाग सचिव तथा ज्ञानप्रचारक महात्मा बोहरा जिले आफ्नो शिलान्यास मन्तव्यमा उक्त भवनको शिलान्यास गर्दै भन्नुभयो टीकापुरबाट शुरुभएको यश मिसनले आज नयाँ अत्याधुनीक भवनको शिलान्यास गरेको छ । यो योगदान यहाँका सम्पुर्ण निरंकारी मिसनका अनुयायीहरुको योगदानको मुल्यांकनरहेको वताउनुभयो ।
उहाँले टीकापुरमा अत्याधुनिक भवनको धेरै आवश्यकता रहेको आफुले सन 2018 मा नेपालको आध्यात्मिक यात्रा गर्दा महसुश गरेको र सत्गुरुको कृपा अहिले सन 2026 मा हुँदा यश भवनको शिलान्यास हुन पुगेको छ । सतगुरुको कृपाद्वारा छिट्टै यश सतसमनगत भवनको निर्माण कार्य सुचारु हुने बिस्वास गरिएको छ ।
उक्त शिलान्यास कार्यक्रममा सन्त निरंकार मण्डल नेपालका अध्यक्ष नरबहादुर रावल, मिसनका कन्द्रिय सदश्य तथा क्षेत्रीय सञ्चालक नरबहादुर बटाला, केन्द्रीय सल्लाहकार तथा मण्डलका कार्यालय सचिव श्रीराम काफ्ले, मिसनका मिडिया प्रतिनिधि हेमन्त माण्डव्य, सेवादल सञचालक बजिर सींह सार्कि, सञ्चालीका जुनु रावल, टीकापुर भवनका मुखी महादेव भण्डारी, मिडिया प्रतिनिधि पुर्ण कुमाल, मिसनका फोटोग्राफर दिपक रावल, सन्त निरंकारी आदर्श माद्यामिक विद्यालयका अध्यक्ष प्रकास भण्डारी, विद्यालयका प्रधानाध्यापक टेक बहादुर चन्द लगायत निरंकारी अनुयायी तथा विद्यालयका शिक्षक शिक्षीकाहरुको उपस्थिती रहेको थीयो ।
सत्संगत भनवको शिलान्यास पश्चात् निरंकारी सत्संगत भवनमा बृहत् सतसंगत कार्यक्रम चलीरहेको छ । यो समाचार तयार पारुन्जेल टीकापुर स्थित सन्त निरंकारी सत्संगतभवनमा बृहत् सत्संगत कार्यक्रम ज्ञानप्रचारक महात्मा बोहरा जीको नेतृत्वमा चलीरहेको छ ।
स्मरण रहोस उक्त भवनको लम्बाई६० फिट र चौडाई ४० फिटमा निर्माण सम्पन्न हुने वताइएको छ ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल