मंगलवार, मंसिर ९, २०८३
/
सन्त निरंकारीको प्रचार यात्रा टीकापुरमा, बृहत् सतंगतको आयोजना
७ मंसिर २०८३
  हेमन्त माण्डव्य
सन्त निरंकारी मिसनको प्रचार यात्रा टीकापुरमा पुगेको छ । सन्त निरंकारी मिसनको अन्तराष्ट्रिय कारयालय भारतको दिल्लीबाट खटाइएका ज्ञान प्रचारक तथा मिसनका पुर्व बिदेश बिभाग सचिव बिनोद बोहोरा र उहाकी धर्मपत्नी रानी बोहरा सहितको टोली टीकापुर आइपुगेको हो ।
कैलालीको टीकापुरमा ज्ञानप्रचारक बोहराले बृहत् सतसंगत कार्यक्रमको उद्घाटन गर्दै भन्नुभयो, नेपाल यात्राको क्रममा काठमाण्डौंबाट टीकापुरसम्मको प्रचार यात्रा गरिरहँदा धेरै सन्त महापुरुषको दर्शन गर्ने अवशर मिल्यो मन खुसीले गदगद भयो । हिजो वर्दियाको तारातालमा सतसंगत गर्ने अवसर मिल्यो जिवनको आनन्दको अनुभुती हुनगयो । हिजो साँझ टीकापुर आइपुगीयो । यहाँपनि सन्तमहापुरुषहरुसंगको मिलनले आनन्दको अनुभुती हुनगयो । आज बिहान यहाँ सतगुरुको कृपाले अत्याधुनुनिक सतसंगत भवनको शिलान्यास गरियो । यस्तो सेवा गर्ने अवसर मिल्नु भनेको सतगुरुको पुर्णा आशिर्वाद हो । त्यसैले आगामी दिनमा यहाँ बृहत् रुपमा विशाल सतसंगत भवनको निर्माण कार्य शुरु हुनेछ र सतगुरुको कृपाले चाँडै भवन निर्माणको कार्यपनी सम्पन्न हुनेछ ।
उहाँले आफ्नो प्रवचनका क्रममा थप्नुभयो यो कार्य तपाईहरु सबै निरंकारी अनुयायीहरुको लगन र विस्वासका कारण भएको हो ! अर्को भाषामा भन्नुपर्दा तपाईहरु तमाम निरंकारीहरुको विसुद्ध रुपमा निस्कलंकित तरिकाले गरिको सेवाँभावको आधारले हो ।
तपाई सबै निरंकारी हरुले भवन निर्माणकालागी अनिवार्य रुपमा बिल्डिङफन्ड को शुरुवात गर्नुहोस । किनभने तपाईहरु सबैको योगदान नवनिर्माण हुनगइरहेको सतसंगत भवनमा देखियोस । हिजोपनी तपाईहरुकै योगदान थियो र आगामी दिनमापनी तपाईहरुकै योगदान देखियोस । किनभने सतगुरुले यो नेपाल भुमीमा ठुलो कृपा गरेको छ । यो पावन भुमीमा सतगुरुका प्यारा भक्तहरुको महत्वपुर्ण योगदान रहेको छ ।
मिसनको ठुलो आधार भनेको बिल्डिङफन्ड नै हो ! जसले निस्वार्थ भावनामा बिल्डिङफन्डको योगदान गर्दछ एकदिन अवश्यपनी सतगुरुको कृपाले उसले आफ्नो बिल्डिङ बनाउन सफल हुनेछ ।
तपाईहरुको स-सानो सहयोगले ठुल-ठुलो कार्य गर्न मिसन सफल हुनेछ । त्यसैले यो कार्यपनी एउटा सेवाको महत्वपुर्ण पाटो हो ।  उहाँले अगाडी भन्नुभयो हरेक निरंकारीले सेवा सुमरीन र सतसंगत गर्दछन् । जसले सेवा, सुमिरन र सतसंगत गर्दछन् उनिहरु यश लोकमा गृहस्तय जीवन उज्वल गरेर परमधाम जाने गर्दछन् ।
जसले यी तिनवटा कार्यमा पुर्णता हासिल गर्दछन् उनीहरु ब्रह्मज्ञानलाई प्राप्त गरेर मानव चोला सफल गरेर मोक्ष प्राप्ती गर्दछन् ।
त्यसैगरि उहाँले हरदेव बाणीको श्लोक संख्या ११२ लाई आधार मानेर सतसंगतलाई सम्बोधन गर्नुभएको थियो ।
त्यसैगरी नेपाल यात्राको क्रममा रहेकी रानी बोहरा जीले भक्तिगीतको माध्यमबाट आफ्नो भावनालाई आध्यात्मिक तरिकाले प्रष्ठफुटन गर्नु भएको थियो भने उहाँले सन्त निरंकारी मण्डल टीकापुर साखाको नवनिर्माण गरिनलागेको सतसंगत भवनकालागी आफ्नो तर्फबाट ६ हजार ९ सय ६५ रुपैया बिल्डिङफन्ड बाफत प्रदान गर्नुभएको थियो ।
त्यसैगरी सन्त निंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावल जीले आफ्नो आध्यात्मिक प्रवचनमा नवनिर्माण गरिनलागेको सतसंगत भवनकालागी बिल्डिङ्ग फन्टलाई सुचारु गरेर सबै निरंकारी अनुयायीहरुले त्यसमा भागलिनुपर्ने बताउदै सतगुरुको आदेशको पालना गर्न सुझाउनु भएको थियो ।
त्यसैगरी सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा सेवादल सञ्चालक नरबहादुर बटाला लगायतले भजन तथा प्रवचनको माध्यमबाट उक्त सतसंगत कार्यक्रमलाई सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन दिपक रावलले गरेका थिए ।
स्मरण रहोस्, टीकापुरको कार्यक्रम पश्चात् बोहराजीको टोली कैलाली जिल्लाको बौनियामा पुगेको छ । भोलि बौनियामा सत्सङ्गत कार्यक्रमको आयोजना हुनेछ भने उक्त कार्यक्रमपश्चात् बोहराजीको टोली भोलि साँझ नै कैलाली जिल्लाको धनगढीमा विश्राम गर्नेछ ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल